logo

पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले विश्वकप जित्ने आधार

    7/14/2018 गते 00 00 मा प्रकाशित   982   पटक पढिएको

काठमाडौं ३० असार, २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार खेल पस्कियो। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले क्रोएसियाको खेलको प्रसंशा गर्दै  क्रोएसिया उपाधि लायक हुनुका तीन कारण दिएको छ। 


१‍। चमत्कारिक टिम र उच्च आत्मबल  


प्रशिक्षक जेटलाट्को डालिकले क्रोएसियन टिमलाई फाइनलसम्म पुर्‍याउन धेरै मिहिनेत गरिरहेका छन्। टिमको वातावरण अहिलेसम्मै उत्कृष्ट भएको खेलाडीहरुले पटकपटक बताउने गरेका छन्।पछिल्लो ५० दिन एकसाथ बिताइसकेका खेलाडीहरुले परिवार जस्तो महसुस गरिरहेका छन्। खेलाडीहरु मैदानमा एकअर्काका लागि ज्यान दिन तयार देखिएका छन्। लगातार ३ खेलमा थप समयमा खेल्नु परेपनि क्रोएसियाले टिम भावनाले खेल्दै जित निकालेको थियो।

२। मानसिक रुपमा सबल 


डेनमार्क, रसिया र इंग्ल्यान्ड, ३ वटै टिमविरुद्ध पछाडि परेर पनि क्रोएसियाले जित निकाल्यो। अघिल्ला २ खेलमा उसले पेनाल्टी सुटआउटमा जित निकालेको थियो। उत्कृष्ट पुनरागमन गर्न माहिर क्रोएसिया मानसिक रुपमा बलियो र खेलमा डटिरहने टिम हो। कप्तान लुका मोर्ड्रिक भन्छन् ‘मैदानमा डटिरहने चत्रित्र देखाउन सफल भयौ।’  यो चरित्रले क्रोएसियालाई फाइनलमा सहज हुने देखिन्छ।

३। अनुभवी टिम 


क्रोएसियाको स्वर्णिम पुस्ताको फुटबल टिमको नेतृत्व लुका मोड्रिकले गरिरहेका छन्। रियल म्याड्रिकका मिडफिल्डर मोड्रिक बाहेक टिममा बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र लिभरपुल जस्ता बलिया क्लबमा आबद्ध खेलाडी छन्। जसमा इभान राकिटिक, मारियो मान्जुकिक, इभान पेरिसिक, माटेओ कोभाकिक र डेजान लोभ्रेन पर्छन्। क्रोएसियन टिमको औसत उमेर २७ वर्ष १० महिना छ। टिममा अनुभवी खेलाडीसँगै आत्मविश्वास पनि छ। टिममा रहेका सबै खेलाडी क्लब फुटबलमा पहिलो रोजाइमा पर्छन्। अर्कोतर्फ सबैले आफ्नो क्षमता राम्रोसँग बुझेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।