बीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष क्ष्ल्एी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । वीरगंजको आदर्शनगर रङ्गशालामा सुरु भएको ५ दिने क्रिकेट टुर्नामेन्टको उदघाटन संस्थाका अध्यक्ष बिनेश प्रसाद कुमीले गर्नु भएको थियो । नेपाल भारत महिला तथा पुरुष क्रिकेट टुर्नामेन्टमा नेपाल र भारतका १८ वटा क्रिकेट टिमहरुले सहभागीता जनाउने आययोजक संस्थाले जनाएको छ । प्रतियोगिताको उदघाटन शत्रमा अतिथिहरु इन्डिया सफट बल क्रिकेट फाउन्डेसनका साबिर खान, ज्वाईन सेक्रेटरी मदन सिंह, महमद नाजिर, दिपक कास्यप, प्रेमहिन्द वालले खेलको महत्वको बारेमा चर्चा गर्दै सम्पूर्ण खेलाडि टिमहरुलाई सफलताको कामना गर्नु भएको थियो । सो अवसरमा क्लबका उपाध्यक्ष उमेश कुमार गुप्ता, सचिव करन कुमार पटेल, सहसचिव अमजत अंसारी, कोषाध्यक्ष किरन पटेल, सदस्य कामनी कर्ण, गायत्री थरुनी, पिंकी सर्राफ, दिपा सर्राफ, मन्जु पडित लगायतको विशेष सक्रियता रहेको थियो । आज भएको खेलमा एस।आर।एफ नेपाल र करनाटका बिच भएको खेलमा करनाटका १३ रनले बिजयी भएको छ । त्यसैगरी पि।ए।सि। नेपाल र बिहार बिच भएको खेलमा बिहारले २९ रनले बिजयी भएको छ । त्यसैगरी जि।भि।पि। नेपाल र राजस्थान बिच भएको खेलमा राजस्थानले १३४ रनले बिजयी भएको छ संस्थाका सचिव करन पटेलले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया