logo

३१ वर्षे रहबर वीरगन्ज महानगरमा माओवादी मेयर उम्मेदवार

काठमाडौं, भदौ ६  नेकपा ९माओवादी केन्द्र०ले वीरगन्ज महानगरपालिकाको मेयरमा ३१ वर्षे मुस्लिम युवा रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।

8/22/2017

भिखारी संघ अध्यक्षको घरमा तीन लाख

विराटनगर, ५ भदौ । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ ।

8/21/2017

को बन्लान पत्रकार महासंघको सभापति

काठमाडौं, ४ भदौ । नेपाली पत्रकारीताको इतिहास गर्व गर्न लायक छ । नेपाली पत्रकारहरुले हरेक परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेका छन् ।

8/21/2017

कांग्रेसका उम्मेदवार यादवद्वारा बाढी पिडीत परिवारलाई राहत वितरण

बारा ४ भदौ महागढीमाई नगरपालिका बरियारपुरका नेपाली कांग्रेसका मेयरका उम्मेदवार उपेन्द्र यादव (उपन) नेतृत्वको टोलीले बाढी पिडीत परिवारलाई राहत वितरण कार्यमा जुटेकाछन ।

8/20/2017

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु

काठमाडौँ, ४ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । 

8/19/2017

पर्सा सुन चादी ब्यवसायी संघ द्धारा प्रहरी र संचारकर्मी सम्मानित 

पर्सा सुन चादी ब्यवसायी संघले आज एक कार्यक्रम बिच बीरगंजको ३ प्रहरी र दुई संचारकर्मी र एक जना कानुन बिदलाई सम्मानित गरेको छ । 

8/19/2017

राजपा नेपालका नगर अध्यक्ष द्धारा बीरगंज १७ अलौमा बाटो मर्मत  गरे  

बीरगंज २ भदौ   करिव एक हप्ता पहिला आएको बाढीका कारण पर्सामा बाढीले सडक बगाउनुका साथै करौडोको क्षेती पुरयाएपछी अहिले राजपा नेपाल सडक मर्मत लागेको छ । 

8/18/2017

सप्तरीमा बाढीले झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित

सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् ।

8/17/2017

रोटरी क्लव अफ बीरगंज द्धारा पर्सामा बाढी पिढितहरुलाई राहत बितरण 

बीरगं ३२ श्रावण  रोटरी क्लव अफ बीरगंज मेट्रोपोलिस द्धारा पर्साको बिभिन्न गाउ टोलहरुमा राहत बितरण शुरु गरेको छ ।  रोटरी क्लवका सर्विस प्रोजेक्ट डाईरेकटर रोटेरियन एवम माओवादीका युवा चर्चित नेता रहवर अन्सारीको नेतृत्वमा गएको टोलीले पर्साको पर्साको बिभिन्न गाउ टोलहरुमा राहत बितरण कार्य शुरु गरेको छ । 

8/17/2017

नेपाली काग्रेस पर्सा द्धारा एक दिनमा करिव २ लाख भन्दा बढी राहत संकलन 

बीरगं ३० श्रावण  नेपाली काग्रेस पर्साले आज देखी बीरगंजमा बाढी पिडितहरुका लागी राहत संकलन कार्य शुरु गरेको छ ।  पाच दिन देखी परेको अविरल वर्षाका कारण बाढीले बीरगंज नगर लगायत पर्साका करिव ५ सय भन्दा बढी घरहरु डुवानमा परेपछी बाढी पिडितहरुका लागी राहत संकलन नेपाली काग्रेस जिल्ला कार्य समिती पर्साका कोषाध्यक्ष ईम्तेयाज आलमको नेतृत्वमा बीरगंजको घण्टाघरमा आज देखी शुरु गरेको हो ।  बाढी पिडितहरुका लागी नेपाली काग्रेस पर्साले आफनै सांसद देखी कार्यकर्ताहरु संग करिव २ लाख रुपैया भन्दा बढी नगद संकलन गरेको दिलिप राज कार्कीले जनाएकाछन । 

8/14/2017

एमाले द्धारा बीरगंज माहानगरपालिकाका बाढी पिढितहरुलाई राहत वितरण 

 बीरगंज ३० श्रावण  ने.क.पा एमाले विरगंज महानगरपालिका का मेयर का प्रस्तावित उम्मेदवार बसरुद्दिन अन्सारी र उप–मेयरका प्रस्तावित उम्मेदवार सोफीया आचार्य को टोली द्धारा बाढि पिडितहरु लाई राहत समाग्री वितरण गरिएको छ । विरगंज महानगरपालिका मा अबिरल वर्षा को कारणले करिव ५ सय भन्दा घर डुबानमा परेपछी स्थानीयहरु बिस्थापीत भएकाहरुलाई ने.क.पा एमाले का जिल्ला लगायत का कार्यकर्ताहरुले राहत समाग्री एकसाथ वितरण गरेका छन् ।

8/14/2017

फोरम र माओवादी केन्द्र द्धारा पर्साको छुट्टा छुट्टै स्थानमा रात बितरण 

बीरगं ३० श्रावण  संघिय समाजवादी फोरमले आज पर्साका बाढी पिडितहरुलाई राहत वितरण गरेको छ ।  पाच दिन देखी परको अविरल बर्षाका कारण पर्सा जिल्लाका करिव ५ सय भन्दा बढी घरहरु डुवानमा परेपछी फोरम नेपालले आज करिव १ लाख ५० हजार रुपैया बराबरको साधान्य ५ सय परिवारलाई बितरण गरेको हो ।  फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण रौनियारको नेतृत्वमा गएको टोलीले आज बाढी पिडितहरुलाई उक्त रकम बराबरको खानेकुराहरु बितरण गरेको हो । 

8/14/2017

बीरगंज नगर लगायत पर्साको ग्रामिण क्षेत्र डुवानमा लाखौको क्षेती राहत पुग्न सकेन 

बीरगंज २९ श्रावण  पाच दिन देखी परको अविरल बर्षाका कारण बीरगंज नगर लगायत पर्साको ग्रामिण क्षेत्र डुवानमा पर्नुको साथै यहाको जनजिवन नराम्रो संग प्रभावित भएको छ ।  लगातार परेको अविरल बर्षाको कारण बीरगंज माहानगरपालिकाको बिभिन्न करिव १० वटा वडा लगायत ग्रामिण भेगहरुमा रहेको घरहरु डुवानमा परेको हो ।  

8/13/2017

मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित

विराटनगर, २८ साउन । निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ । बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ ।

8/12/2017

लगातार चार दिन देखी परको अविरल बर्षाका कारण बीरगंज लगायत पर्सा जिल्ला डुवान 

बीरगंज २८ श्रावण  चार दिन देखी परको अविरल बर्षाका कारण बीरगंज नगर लगायत पर्साको ग्रामिण क्षेत्र डुवानमा पर्नुको साथै यहाको जनजिवन नराम्रो संग प्रभावित भएको छ ।  लगातार परेको अविरल बर्षाको कारण बीरगंज माहानगरपालिकाको बिभिन्न भाग लगायत ग्रामिण भेगहरु समेत डुवानमा परेको हो ।  अविरल बर्षाका कारण पर्साको ग्रामिण भेगहरुमा पोखरिया नगरपालिकाका सम्पुर्ण वडाहरु, पकाहामैनपुर गाउपालिका मसिहानी गाउपालिका, जगरनाथपुर गाउपालिका लगायतका गाउहरु डुवानमा परेकाछन । 

8/12/2017

बीरगंज डुवानमा बीरगंज माहानगरपालिकाका कार्यकारी अधिकृत अधिकारी, योजना प्रमुख अमात्य, परियोजना प्रमुख श्रेष्ठ, परियोजनाका लेखा प्रमुख श्रेष्ठ ठेकेदारको पैसामा चाईना उडे 

बीरगंज २७ श्रावण  लगातार परेको बर्षाका कारण बीरगंज डुवानमा परी रहदा बीरगंज माहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, योजना प्रमुख प्रकाशमान सिंह अमात्य, परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठ, परियोजनाका लेखा प्रमुख सुमन श्रेष्ठ परिवार सहित चाईना शयरमा गएको समाचार प्राप्त भएको छ । 

8/11/2017

काठमाण्डौमा कसरी बन्दैछ कोटेश्वर–कलंकी चक्रपथ 

काठमाडौं, २७ साउन ।  काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् । सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ ।

8/11/2017

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले एक जना लागु औषध सहित पक्राउ

काठमाडौं २६ श्रावण  सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले काठमाण्डौबाट एक जनालाई लागु औषध सहित पक्राउ गरेको ।  भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु. १ ख ८७६७ नम्बरको यात्रुवाहक बसलाई चेक जाँचको क्रममा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बस्ने १७ वर्षिय प्रतिप गुप्तालाइ बिशेष चेक जाँचको क्रममा काठमाण्डौको नागढुंगाबाट बिहिवार पक्राउ गरेको हो । 

8/11/2017

हात्तीको आक्रमणमा बालकको मृत्यु

पर्सा, २६ साउन । पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो । बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

8/10/2017

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

8/8/2017

ललितपुरमा प्रहरीको ‘इन्काउन्टर’मा एकको मृत्यु

काठमाडौ, २३ साउन । ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेपछि एकको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

8/7/2017

सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाबाट तालिम समापनः–

सुर्खेत,     मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ ।     उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बसन्त कुमार बानियाले समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।     सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाले सो अवसरमा प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारीलाई व्यावसायिक तवरबाट पुरागर्न सधैं लागिरहनुपर्ने बताउनुभयो ।

8/7/2017

सप्तरीमा बम बिष्फोटमा परी चार जना सुरक्षाकर्मी घाईते

राजविराज २२ श्रावण  अज्ञात समुहले सप्तरीमा गराएको बम बिष्फोटमा परी चार जना सुरक्षाकर्मी घाईते भएकाछन ।  शनिवार राती सप्तरीको सुरुङ्गा नगरपालिका ६ स्थित सडक खण्डमा खाल्टोमा पुरेर राखेको प्रेशर कुकर बम बिष्फोट हुदा हरी भ्यानमा क्षती पुग्न’को साथै त्यसमा रहेका चार जना सुरक्षकर्मी  घाईते भएका हुन ।  ईप्रका कडरवनको बा १ झ ७३९२ नम्बरको भ्यान गाउतर्फ गस्तीमा जादै गर्दा प्रहरी चढेको भ्यान बिष्फोटमा परेको थियो ।

8/6/2017

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

चितवन, २१ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा ९माओवादी केन्द्र० गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार उहाँ ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको छ । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि पर्नुभएको हो । 

8/6/2017

भरतपुरको मतदान सकियो, रेणुका दुई सय मतदाता कसरी भए गायब 

भरतपुर, २० साउन– चितवनको भरतपुर महानगरपालिका–१९ मा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ । भरतपुर–१९ मा सर्वोच्चको आदेशपछि शुक्रबार पुनः मतदान भएको हो ।  भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्धर्पामा छन् । रेणुलाई सत्तारुढ काँग्रेसले समेत समर्थन गरेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका बेला मत भने अघिल्लो निर्वाचनको चुलनामा कम खसेको हो ।

8/4/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।