पर्सा सुन चादी ब्यवसायी संघले आज एक कार्यक्रम बिच बीरगंजको ३ प्रहरी र दुई संचारकर्मी र एक जना कानुन बिदलाई सम्मानित गरेको छ ।
बीरगंज २ भदौ करिव एक हप्ता पहिला आएको बाढीका कारण पर्सामा बाढीले सडक बगाउनुका साथै करौडोको क्षेती पुरयाएपछी अहिले राजपा नेपाल सडक मर्मत लागेको छ ।
सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् ।
बीरगं ३२ श्रावण रोटरी क्लव अफ बीरगंज मेट्रोपोलिस द्धारा पर्साको बिभिन्न गाउ टोलहरुमा राहत बितरण शुरु गरेको छ । रोटरी क्लवका सर्विस प्रोजेक्ट डाईरेकटर रोटेरियन एवम माओवादीका युवा चर्चित नेता रहवर अन्सारीको नेतृत्वमा गएको टोलीले पर्साको पर्साको बिभिन्न गाउ टोलहरुमा राहत बितरण कार्य शुरु गरेको छ ।
बीरगं ३० श्रावण नेपाली काग्रेस पर्साले आज देखी बीरगंजमा बाढी पिडितहरुका लागी राहत संकलन कार्य शुरु गरेको छ । पाच दिन देखी परेको अविरल वर्षाका कारण बाढीले बीरगंज नगर लगायत पर्साका करिव ५ सय भन्दा बढी घरहरु डुवानमा परेपछी बाढी पिडितहरुका लागी राहत संकलन नेपाली काग्रेस जिल्ला कार्य समिती पर्साका कोषाध्यक्ष ईम्तेयाज आलमको नेतृत्वमा बीरगंजको घण्टाघरमा आज देखी शुरु गरेको हो । बाढी पिडितहरुका लागी नेपाली काग्रेस पर्साले आफनै सांसद देखी कार्यकर्ताहरु संग करिव २ लाख रुपैया भन्दा बढी नगद संकलन गरेको दिलिप राज कार्कीले जनाएकाछन ।
बीरगंज ३० श्रावण ने.क.पा एमाले विरगंज महानगरपालिका का मेयर का प्रस्तावित उम्मेदवार बसरुद्दिन अन्सारी र उप–मेयरका प्रस्तावित उम्मेदवार सोफीया आचार्य को टोली द्धारा बाढि पिडितहरु लाई राहत समाग्री वितरण गरिएको छ । विरगंज महानगरपालिका मा अबिरल वर्षा को कारणले करिव ५ सय भन्दा घर डुबानमा परेपछी स्थानीयहरु बिस्थापीत भएकाहरुलाई ने.क.पा एमाले का जिल्ला लगायत का कार्यकर्ताहरुले राहत समाग्री एकसाथ वितरण गरेका छन् ।
बीरगं ३० श्रावण संघिय समाजवादी फोरमले आज पर्साका बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । पाच दिन देखी परको अविरल बर्षाका कारण पर्सा जिल्लाका करिव ५ सय भन्दा बढी घरहरु डुवानमा परेपछी फोरम नेपालले आज करिव १ लाख ५० हजार रुपैया बराबरको साधान्य ५ सय परिवारलाई बितरण गरेको हो । फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण रौनियारको नेतृत्वमा गएको टोलीले आज बाढी पिडितहरुलाई उक्त रकम बराबरको खानेकुराहरु बितरण गरेको हो ।
बीरगंज २९ श्रावण पाच दिन देखी परको अविरल बर्षाका कारण बीरगंज नगर लगायत पर्साको ग्रामिण क्षेत्र डुवानमा पर्नुको साथै यहाको जनजिवन नराम्रो संग प्रभावित भएको छ । लगातार परेको अविरल बर्षाको कारण बीरगंज माहानगरपालिकाको बिभिन्न करिव १० वटा वडा लगायत ग्रामिण भेगहरुमा रहेको घरहरु डुवानमा परेको हो ।
विराटनगर, २८ साउन । निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ । बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ ।
बीरगंज २८ श्रावण चार दिन देखी परको अविरल बर्षाका कारण बीरगंज नगर लगायत पर्साको ग्रामिण क्षेत्र डुवानमा पर्नुको साथै यहाको जनजिवन नराम्रो संग प्रभावित भएको छ । लगातार परेको अविरल बर्षाको कारण बीरगंज माहानगरपालिकाको बिभिन्न भाग लगायत ग्रामिण भेगहरु समेत डुवानमा परेको हो । अविरल बर्षाका कारण पर्साको ग्रामिण भेगहरुमा पोखरिया नगरपालिकाका सम्पुर्ण वडाहरु, पकाहामैनपुर गाउपालिका मसिहानी गाउपालिका, जगरनाथपुर गाउपालिका लगायतका गाउहरु डुवानमा परेकाछन ।
बीरगंज २७ श्रावण लगातार परेको बर्षाका कारण बीरगंज डुवानमा परी रहदा बीरगंज माहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, योजना प्रमुख प्रकाशमान सिंह अमात्य, परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठ, परियोजनाका लेखा प्रमुख सुमन श्रेष्ठ परिवार सहित चाईना शयरमा गएको समाचार प्राप्त भएको छ ।
काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् । सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ ।
काठमाडौं २६ श्रावण सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले काठमाण्डौबाट एक जनालाई लागु औषध सहित पक्राउ गरेको । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु. १ ख ८७६७ नम्बरको यात्रुवाहक बसलाई चेक जाँचको क्रममा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बस्ने १७ वर्षिय प्रतिप गुप्तालाइ बिशेष चेक जाँचको क्रममा काठमाण्डौको नागढुंगाबाट बिहिवार पक्राउ गरेको हो ।
पर्सा, २६ साउन । पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो । बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।
काठमाडौ, २३ साउन । ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेपछि एकको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।
सुर्खेत, मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ । उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बसन्त कुमार बानियाले समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाले सो अवसरमा प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारीलाई व्यावसायिक तवरबाट पुरागर्न सधैं लागिरहनुपर्ने बताउनुभयो ।
राजविराज २२ श्रावण अज्ञात समुहले सप्तरीमा गराएको बम बिष्फोटमा परी चार जना सुरक्षाकर्मी घाईते भएकाछन । शनिवार राती सप्तरीको सुरुङ्गा नगरपालिका ६ स्थित सडक खण्डमा खाल्टोमा पुरेर राखेको प्रेशर कुकर बम बिष्फोट हुदा हरी भ्यानमा क्षती पुग्न’को साथै त्यसमा रहेका चार जना सुरक्षकर्मी घाईते भएका हुन । ईप्रका कडरवनको बा १ झ ७३९२ नम्बरको भ्यान गाउतर्फ गस्तीमा जादै गर्दा प्रहरी चढेको भ्यान बिष्फोटमा परेको थियो ।
चितवन, २१ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा ९माओवादी केन्द्र० गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार उहाँ ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको छ । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि पर्नुभएको हो ।
भरतपुर, २० साउन– चितवनको भरतपुर महानगरपालिका–१९ मा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ । भरतपुर–१९ मा सर्वोच्चको आदेशपछि शुक्रबार पुनः मतदान भएको हो । भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्धर्पामा छन् । रेणुलाई सत्तारुढ काँग्रेसले समेत समर्थन गरेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका बेला मत भने अघिल्लो निर्वाचनको चुलनामा कम खसेको हो ।
रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ । मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ । मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ । तर मानवीय क्षति भने हुन पाएन । हेलमेट लगाएर पसलमा पसेका उनीहरुले दुई राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् । गोली फायर गर्नसाथ उनीहरु भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोटरसाइकलको नम्बर समेत पहिचान हुन सकेको छैन ।
काठमाण्डौ २० साउन संसदको सार्वजनिक लेखा समितिले आयल निगममा भएको जग्गा प्रकरणको छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै समितिले विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । निगमले विभिन्न ७ प्रदेशमा तेल भण्डारणका लागि किनेको भनिएको जग्गा खरिद प्रक्रियाको अध्ययन अनुसन्धान गर्दा झापा, चितवन र भैरहवामा सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको ठहर समितिले गरेको छ ।
काठमाण्डु, २० साउन– गृहमन्त्री जनार्दन शर्माले काठमाण्डु उपत्यकामा बढ्दै गएको विकृति र विसंगतिलाई ‘धुलो’ को संज्ञा दिँदै त्यस्तो धुलो आफूले हटाएर देखाइदिने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले उपत्यकामा भरिएको विकृतिको धुलो हटाउने प्रतिवद्धता जनाए ।
नवलपरासी २० श्रावण, नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।
काठमाडौं, १९ साउन । आयल निगमको जग्गा खरिद प्रकरणमा सबैभन्दा बढी निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काको भूमिका देखिन्छ । निगमको प्रमुख भएका हैसियतले स्वभाविक रुउमा खड्काको भूमिका बढी हुन्छ । बढी भूमिका राम्रो कामका लागि आवश्यक थियो ।