काठमाण्डु, २० साउन– गृहमन्त्री जनार्दन शर्माले काठमाण्डु उपत्यकामा बढ्दै गएको विकृति र विसंगतिलाई ‘धुलो’ को संज्ञा दिँदै त्यस्तो धुलो आफूले हटाएर देखाइदिने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले उपत्यकामा भरिएको विकृतिको धुलो हटाउने प्रतिवद्धता जनाए ।
नवलपरासी २० श्रावण, नवलपरासीको सिमावर्ती दक्षिणी क्षेत्रमा बाढीले २ जनालाई बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बेपत्ता बनाएको हो ।
काठमाडौं, १९ साउन । आयल निगमको जग्गा खरिद प्रकरणमा सबैभन्दा बढी निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काको भूमिका देखिन्छ । निगमको प्रमुख भएका हैसियतले स्वभाविक रुउमा खड्काको भूमिका बढी हुन्छ । बढी भूमिका राम्रो कामका लागि आवश्यक थियो ।
वीरगन्ज १९ श्रावण एमालेले २ असोजमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश २ को एक मात्र महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ । वीरगन्जमा बसेको एमालेको बृहत् बैठकले प्रमुखमा नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जनकपुरधाम, १९ साउन । नेकपा ९एमाले० का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनतापार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाउनुभएको छ । जनकपुरमा आज पत्रकार भेटमा उहाँले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भन्नुभयो ।
चितवन, १९ साउन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।
बिकास पौडेल चितवन, १९ साउन । चितवनमा इन्धन भण्डारण केन्द्र स्थापना गर्न आयल निगमका भ्रष्ट कर्मचारीले अनेकौ उपाय प्रयोग गरेका छन् । निगमले करोडौ घोटाला गर्न टोले गुण्डादेखि नेपाल प्रहरीसमेत प्रयोग गरेको पाइएको छ । सस्तोमा जग्गा खरिद गरेर निगमलाई महंगोमा बेच्न निगमका भ्रष्ट कर्मचारी र जग्गा दलालको साठगाठ राम्रै देखिन्छ ।
विनोद विश्वकर्मा काठमाडौं, १८ साउन । शहर भन्नु मात्र हो । हाम्रो देशका कुनै पनि शहर साच्चिकै शहर भन्न लायक छैनन् । हाम्रा शहर सबैभन्दा बढी अभावग्रस्त छन् । गाउँको तुलनामा स्वाभाविक रुपमा शहर समग्रमा सम्बृद्ध हुनु पर्छ । तर, हाम्रा कुनै पनि शहर सम्बृद्ध छैनन् । कष्ट र शहर पर्यायवाची शब्द जस्तै बनिसकेका छन् । त्यसैले होला पछिल्लो समय स्मार्ट सिटी खुबै बिक्रीको शब्द बनेको छ । स्मार्ट सिटीको सपना सबैले बेचिरहेका छन् । हुँदा–हुँदा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि स्मार्ट सिटी मज्जाले बिक्यो । त्यसो त सरकारले पनि स्मार्ट सिटीको परिकल्पना गर्न भ्याइसकेको छ । काठमाडौं उपत्यका भित्रका चार वटा शहरलाई स्मार्ट सिटी बनाउने सरकारको योजना छ ।
झापा, १७ साउन । देशभर सरकारले जमिनको मुल्य तोकेको हुन्छ । तर, सरकारी मुल्यमा प्रयाजसो जमिन खरिद विक्रि हुँदैन । सबै क्षेत्रमा चलनचल्तिकै मुल्यमा जमिन खरिद बिक्रि हुने गरेको छ । झापामा सरकारले जमनिको मुल्य प्रति कठ्ठा ५ लाख भन्दा कम तोकेको छ । चलनचल्तीमा भने ५ देखी ६ लाख रुपैयाँमा सामान्य जमिन किनबेच हुन्छ । तर, नेपाल आयल निगमले झापामा सामान्य खेतीयोग्य २३ बिघा जमिन दोब्बर मुल्यमा खरिद गरेको छ । सरकारी र चलनचल्तीको मुल्यलाई आधार मान्दा जमिन खरिद गर्दा आयल निगमले झापामा लगभग ३५ करोड घोटाला गरेको देखिन्छ ।
बीरगंज १७ श्रावण नेकपा एमालेका माहासचिव ईश्वर पोखरेलले असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानिय निर्वाचनमा जती सुकै गठबन्धन बनेपनी नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । प्रस चौतारी नेपाल प्रदेश नम्बर २ ले बीरगंजमा आयोजना गरेको प्रेस चौतारीको बिस्तारित बैठकमा बोल्दै माहा सचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
काठमाडाँै, १६ साउन । काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यको खाँचो औँल्याइएको छ ।
काठमाडौँ, १६ साउन । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्तता प्रदान गर्ने भन्ने सम्बन्धमा गृहकार्य सुरु भएको छ ।
काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ ।
काठमाडौं, १५ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
झापा, साउन १५ । भारतसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा कचनकवल लगायतका क्षेत्रलाई तस्कर समूहले ट्राञ्जिट पोइन्ट बनाएका छन् । झापा प्रहरीले भद्रपुर र काकरभिट्टा नाकामा निगरानी बढाएसँगै
काठमाडौँ, १३ साउन । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ, १३ साउन । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
काठमाडौँ, १३ साउन - पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।
छवि सापकोटा काठमाडौ, १३ साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोगी भूमिका खेल्यो ।
काठमाडौं, १३ साउन । आज नागपञ्चमी र जनै पूर्णिमा पर्व एकै दिन मनाइदैछ । यो वर्षको नागपञ्चमी र जनै पूर्णिमा पर्व २७ वर्षपछि एकै दिन परेको छ ।
बीरगंज १२ श्रावण, नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्य को नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ ।
बीरगंज १२ श्रावण, बीरगंज माहानगरपालिका ११ स्थित श्रीपुरमा रहेको सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको संयुक्त आयोजनामा बुधवार सम्पन्न रक्तदान कार्यक्रममा १६ महिला सहित ६६ जनाले रक्तदान गरेकाछन ।
बीरगंज १२ श्रावण, बीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको ईकाईमा भएको कर्मचारी युनियनको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको निकट कर्मचारी संगठन निर्वाचित भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिणाममा लाग’ औषध र नक्कली चालक अन’मती पत्र बनाउने ४ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीको बिशेष टोलीले बीरगंज माहानगरपालिका १० स्थित आर्दशनगर चौकबाट एक महिला र एक भारतिय य’वकलाई भारी मात्रामा लाग’ औषध सहित पक्राउ गरेको हो