logo

प्रतीक दैनिकको ३४ औं वार्षिकोत्सवको अवसरमा एवीसीका छतकुली सम्मानित,सुबोध स्मृति पुरस्कार खड्कालाई 

कृष्णा यादव वीरगंज, १ भदौ÷ वीरगंजबाट प्रकाशित प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव एक कार्यक्रम बिच सम्पन्न भएको छ । प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव आफनै कार्यालयमा सम्पन्न गरेको हो । 

8/17/2020

कोरोनाको संक्रमण रोक्नको लागि चारओटा टोली परिचालन, उपत्यका प्रवेशमा कडाइ

काठमाडौं, ३२ साउन ।   उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोलि खटिएको छ । उपत्यकाका तीन ओटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोलि अनुगमनको लागि परिचालन भएको हो ।

8/16/2020

पर्सा र बाराको सिमा नाकामा सशस्त्र र नेपाल प्रहरीहरुको कडाई, चोर बाटोमा पनी प्रहरीको डियुटी 

सन्जु छतकुली  बीरगन्ज ३२ श्रावण     बारा र पर्सामा रहेको चोर बाटो खेतको आली हुदै भारतियहरु केही दिन पहिले नेपाल प्रवेश गरे पछी अहीले बीरगंज लगात पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको छ। बीरगंज पथलैयामा रहेको औधोगिक कोरिडोरका उधोगहरुमा कार्यरत भारतिय मजदुरहरु बारा जिल्ला र पर्सा जिल्लाको सिमा नाकामा रहेको चोर बाटो खेतको आली हुदै केही दिन पहिला भारतियहरु नेपाल प्रवेश गरेपछी बीरगंजमा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको  हो ।

8/16/2020

राजश्व अनुसन्धान बुटवलका प्रमुख २ लाख घुस लिँदै गर्दा पक्राउ । 

बुटवल २० श्रावण। राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राही सँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् ।

8/4/2020

आईएमएस ग्रुप र सिटिजन्स बैंकको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामग्रीवितरण

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।   नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।

7/12/2020

स्व गिरिजा कोईरालाको ९६ औं जन्मोत्सव अवसरमा २४३ थान बिरुवाहरु रोपिए

सन्जु छतकुली वीरगंज १९ असार ।   गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले आज बीरगंजमा विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपिएको हो ।

7/3/2020

उपमेयर गुप्ताद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

कृष्णा यादव  बीरगंज १९ असार  पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक  सामग्री बितरण गर्नु भएको छ ।  बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।

7/3/2020

ओली सरकारले मधेश र मधेशी बिरोधी बिधेयक ल्यायो, सांसद कर्ण 

कृष्णा यादव  बीरगंज १६ असार  सरकारले जारी गरेको नागरिकता बिधेयकको बिरुद्धमा जनता समाजवादी पार्टी पर्साले आज बिरगंजमा जुलुश निकालेर बिरोध प्रर्दशन गरेको छ ।  जनता समाजवादी पार्टीले बीरगंजमा सरकारले मधेश बिरोधी नागरिकता ल्याएको भन्दै बीरगंजमा प्रर्दशन गरेको हो ।

6/30/2020

सशस्त्र प्रहरी अलौले करिव १ लाख भारु रुपैया  सहित १ जनालाई पक्राउ गरयो

कृष्णा यादव वीरगंज १६ असार  सशस्त्र प्रहरीको बिओपी अलौले करिव १ लाख भारतिय रुपैया सहित एक जनालाई नियन्त्रण लिएको छ ।  पर्साको अलौमा रहेको सशस्त्र प्रहरी नायव निरिक्षक रामशरण पुडाशैनीको नेतृत्वमा रहेको टोलीले स्रोत नखुलेको ९१ हजार भारतिय रुपैया सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

6/30/2020

सरकारले ल्याएको नागरिकता विधयेक विरुद्ध वीरगञ्जमा नागरिक समाजको धर्ना

सन्जु छतकुली  बीरगंज १५ असार  सरकारले ल्याएको नागरिकता विद्येयकको विरुद्धमा वीरगञ्जमा  नागरिक समाजले १ धर्ना दिएर बिरोध प्रदर्शन गरेको छ ।  सरकारले केही दिन पहिला ल्याएको नागरिकता बिधेयकको बिरुद्धमा सोमवार बीरगंजको घण्टाघरमा बसेर धर्ना दिई नागरिक ुसमाजले बिरोध जनाएका हुन । 

6/29/2020

पर्सा प्रहरीले २४ सय लिटर अबैध घरेलु मदिरा बनाउने सामाग्री नियन्त्रणमा लियो    

 सन्जु छतकुली बीरगंज १५ असार                                                                      प्रहरीले पर्साको अलग अलग स्थानबाट अन्दाजी करिव २४ सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।  पर्साको मिर्जापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ६ सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ भने प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलीले १८ सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

6/29/2020

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अवैध  लागु औषध  सहित २ जनालाई पक्राऊ गरयो

कृष्णा यादब वीरगंज १५ अषाढ बारा प्रहरीले अबैध रुपमा लागु  औषध सहित दुई जनालाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वा प्रहरीको संयुक्त टोलीले  बाराको ईटियाहीबाट १ सय ९२ पिस लागु औषध टिटी ईन्जेक्शन सहित दुईजनालाई नियन्त्रणमा लिएको हो । 

6/29/2020

व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु हुँदै, वीरगन्जलाई

वीरगन्ज ७ असार   मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नगरी वीरगन्जलाई सुन्दर र व्यवस्थित बनाउने अभियान प्रारम्भ गरिने भएको छ ।

6/21/2020

सशस्त्र प्रहरी द्धारा ६ लाख रुपैया बरामद, रुपैया फाली हुण्डी कारोबारी फरार 

कृष्णा यादब  बीरगंज ७ असार   सशस्त्र प्रहरीले ६ लाख रुपैया बरामद गरेको छ । सशस्त्र प्रहरी बलले पर्साको भिष्वानाकाबाट ६ लाख रुपैया नेपाली बरामद गरेको हो ।

6/21/2020

नेकपाले नागरिकता विधेयक संशोधन गर्ने गरेको निर्णय विरुद्ध काग्रेसको  प्रदर्शन । 

सन्जु छतकुली बीरगंज ७ असार  नेकपाले नागरिकता विधेयक संशोधन गर्ने  निर्णय विरुद्ध काग्रेसले   आज बीरगंजमा प्रदर्शन गरेको छ  ।  नेपाली काग्रेस पर्साले आईतबार साझ वीरगन्जको घण्टाघर चौकमा प्रदर्शन गरेको हो ।

6/21/2020

प्रहरीले बाराको बलिरामपुरबाट ३५ क्विन्टल अबैध छोकडा बरामद गरयो, तस्कर फरार 

कृष्णा यादव बीरगंज ३ असार  जिल्ला प्रहरी कार्यालय बाराले अबैध रुपमा तस्करी गरी भारत तर्फ लादै गरेको करिव ३५ क्विन्टल छोकडा बरामद गरेको छ ।   वारा प्रहरीले बुधवार विहान बारा जिल्लाको विश्रामपुर गा।पा।वडा नं।४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा ८० वोरा ( ३५ क्विनटल ) छोकडा लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

6/17/2020

अल्पाईन मेडिकल सिमरा बाराको एम्बुलेन्सबाट गाजा सहित ३ पक्राउ,टयाङकरबाट अबैध मदिरा बरामद 

सन्जु छतकुली बीरगंज २८ जेष्ठ जिल्ला प्रहरी कार्यालय पर्साले ५६ केजी गाजा बोकेको एउटा एम्बुलेन्स सहित तिन जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीको क्राईम ब्रान्च टोलीले बुधवार बिहान ५६ केजी लागु औषध गाजा सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । 

6/10/2020

मुख्य सडकका पसलहरू बिस्तारै सञ्चालन

वीरगंज, २० जेष्ठ     सरकार लकडाउनको खाका परिवर्तन गर्ने तयारीमा रहेको बेला वीरगंजमा पनि यसबारे छलफल शुरू भएको छ।     वीरगंज उद्योग वाणिज्य सङ्घले चैत ११ गतेदेखि निरन्तररूपमा जारी रहेको लकडाउनको कारण उद्योग–व्यवसाय धराशयी भएको भन्दै व्यापारीहरूको गुनासो आएपछि लकडाउन अवधिमा सामाजिक दूरी बनाएर सबैखाले पसलहरू सञ्चालन गर्ने विषयमा छलफल गर्न लागेको वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए।

6/2/2020

पत्रकार माहासंघ पर्सा शाखाले फेरी गरयो प्रहरी विरुद्ध साताव्यापी आन्दोलनको घोषण

सन्जु छतकुली वीरगञ्ज १९ जेष्ठ  नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार तिवारी यादव माथी प्रहरीले कुटपिट गरेको घटनाको बिरोधमा आन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको छ । 

6/1/2020

पसल र बजार खोल्न माग गर्दै सडकमा उत्रिए बीरगंजका व्यवसायी

वीरगञ्ज १९ जेष्ठ  करिव ७० दिन देखी लामो समयको लकडाउनले व्यापार घाटा बढ्दै गएका कारण बीरगंजका व्यवसायीहरूले बिरगंजमा बिरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् ।  

6/1/2020

नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं, १८ जेठ   नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो  ।

5/31/2020

बीरगंज माहानगर र पर्सा प्रहरी बिच सहमती, अव देखी यस्तो नहुने पर्सा प्रहरी प्रमुख पन्तको प्रतिबद्धता । 

सन्जु छतकुली  बीरगंज १८ जेष्ठ  प्रहरीले बीरगंज माहानगरपालिकाको फोहोर उठाउने कर्मचारीलाई कुटपिट गरेको बिरोधमा ३ दिन देखी बन्द रहेको नगरको फोहर आज दिउसोबाट सहमती पश्चात ठेकेदारले बीरगंजको फोर उठाउन शुरु गरेको छ ।  आज बीरगंज माहानगरपालिकाको कार्यालयमा प्रहरी र माहानगरपालिका बिच भएको सहमती पछी ३ दिन देखी जम्मा भएको फोहर सहमती पछी आज देखी उठाउन शुरु भएको हो । 

5/31/2020

प्रहरीले बीरगंज माहानगरको सरसफाई कर्मचारीलाई कुटेको बिरोधमा नगरको सरसफाई ३ दिन देखी थप्प

वीरगन्ज १८ जेठ  पर्सा प्रहरीले बीरगंज माहानगरपालिका कार्यालयको सरसफाईका एक कर्मचारीलाई कुटपिट गरेको बिरोधमा नगरको सरसफाई पुर्ण रुपमा कर्मचारीहरुले ठप्प पारेकाछन ।  जेष्ठ १५ गते बिहिवार माहानगरपालिकाका सरसफाईको कर्मचारीलाई पर्सा प्रहरीले बिना कारण कुटपिट गरी घाईते बनाएको बिरोधमा ३ दिन देखी नगरको सरसफाई बन्द गरेका हुन । 

5/31/2020

कोरोना संक्रमीतहरुलाई महानगरले नै खाना खुवाउने, सानोपाइलालाई महानगरको धन्यवाद

बीरगंज १७ जेष्ठ नारायणीको कोभिड शाखामा उपचारकोलागि भर्नाहुनेहरुलाई अव देखी बीरगंज महानगरले नै खाना खुवाउने भएको छ । वीरगञ्जको अस्थायी नारायणी अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई महानगरपालिका आफैले खाना खुवाउने तय गरेको बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो  ।

5/30/2020

निरन्तर बढेको लकडाउनको मारबाट जनतालाई बचाउन पत्रकार पराजुलीको सरकार सगको अनुरोध ।

काठमाडौं, १८ जेठ                     विश्वमा महामारीको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकार द्वारा गरिदैं गएको लकडाउन हटाउन  चौतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ ।

5/30/2020

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।