बीरगंज १६ जेठ नेका नुवाकोट प्रचार प्रसार समिति सहसयोजक एवम नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका निवर्तमान अध्यक्ष एवम संचारकर्मि प्रकाश अधिकारीले आज आफनो जन्मदिन आफनै निवास नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ मा वृक्षारोपण गरेर मनाउनुभएको छ ।
बीरगंज १५ जेष्ठ संविधान सभा सदस्य तथा नेपाली कांग्रेस नेता राजिब बिक्रम शाहले जाजरकोट रुकुम घटनामा राजनीति आस्थाका आधारमा दोषीलाई संरक्षन नगर्न आग्रह गर्नु भएको छ ।
उपेन्द्र न्यौपाने जुम्ला १५ जेठ, कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताएका छन् । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताए ।
सन्जु छत्कुली बीरगंज १४ जेष्ठ नेपाली कांग्रेसका युवा नेता तथा पर्सा जिल्ला सचिव श्याम पटेलले संसदीय बिकास कोषको सम्पुर्ण बजेट कोरोना कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका जिल्ला सचिव पटेलले कोरोनाबाट आम नेपालीलाई बचाउनका लागी संसदिय विकास कोषको सम्पुर्ण बजेट कोरोना कोषमा जम्मा गर्नुपर्ने सरकार संग आग्रह गरेका हुन ।
बीरगञ्ज १४ जेष्ठ भारतको बिभिन्न स्थानमा रहेका नेपालीहरु रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने सुरु भएको छ । नेपाल भारतको मुख्य वीरगञ्ज नाकाबाट छिमेकी मुलुक भारत रक्शौलमा केही दिन देखी अलपत्र परेका नेपालीहरुलाई आज बिहान झण्डै तिन सय भन्दा बढी नेपालीहरुलाई स्थानिय प्रशासन र माहानरगको सहयोगमा भित्रयाईएको छ ।
वीरगञ्ज १३ जेठ नारायणी क्षेत्रिय अस्पतालको मातहतमा रहेको वीरगञ्जको गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना सङ्क्रमित निको भएर आज डिस्चार्ज भएका छन् । दुई दिन पहिला देखी बीरगंज गण्डक स्थित रहेको गण्डक अस्पतालबाट मंगलबार राती १० बजे ३० जना कोरोनाको बिरामी मध्ये २१ जना डिस्चार्ज भएका हुन ।
बीरगंज १२ जेठ । नारायणी क्षेत्रिय अस्पतालको आइसोलेसनमा रहेको दुई जना पर्सेली संचारकर्मी सहित ४३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएर घर गएकाछन । सोमवार बेलुकी नारायणी अस्पतालको आईसोलेशनमा रहेको ४३ जना मध्ये पत्रकार माहासंघ पर्साका अध्यक्ष र अर्का संचारकर्मी सुरेश बिडारी डिस्चार्ज भएका हुन ।
बिरगंज ११ जेष्ठ स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कायालर्य बिरगंजले नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन प्रसाद उपाध्यायलाई आईसोलेसनमा रहेका बिमारिहरुका लागि पिउने पानी उपलब्ध गराएकाछन ।
बीरगंज ११ जेष्ठ काठमाण्डौ लगायत देश भरीमा कोरोना संक्रमितको संख्या बढदै गएपछी नेपाली कांग्रेसकी नेत्री एवम समाजसेवी डा, आरजु राणा देउवाले २५ थान पीपीई सेट सर्जिकल माक्स क्यान्स स्वास्थकर्मीहरुलाई सहयोग सहयोग गर्नु भएकोछिन ।
सन्जु छत्कुलि बीरगन्ज १० जेठ मकवानपुर प्रहरीले पशुपती ट्रान्स्पोर्टको ट्रकबाट अबैध गुटखा र रजनिगन्धा बरामद गरेको छ । काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराज माल सामान लिएर हिडेको ना ३ ख ४७८५ नम्बरको कन्टेनरबाट बिना बिल बिजकको करिव १८ लाख रुपैया बराबरको अबैध रजनीगंधा र पराग लगायत गुटखाहरु गाडी भित्र लुकाई छिपाई लादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सन्जु छत्कुली बीरगंज १० जेष्ठ बिश्वभरी फैलिएको माहामारी र लकडाउन को कारण नेपाल को विभिन्न ठाउहरुबाट आएका २०० भन्दा बढी भारतिय मजदुरहरुलाई बीरगंज १७ अलौका हरिजन समुदायहरुले खाना खुवाएकाछन । नेपालमा मजदुरी गर्दै आएका करिव दुई सय भन्दा बढी भारतिय मजदुरहरु भारत जानका लागी बीरगंज १७ स्थित अलौको आई सि पि अगाडी अलपत्र परेकाहरुलाई स्थानिय हरिजनहरुले खाना खुवाउदै आएकाछन ।
जुम्ला ९ जेठ उपेन्द्र न्यौपाने लामोसमय देखि भोग चलन गर्दै आएको सर्वजनिक जग्गा आज कनका सुन्दरी गाउपालिका वडा नम्बर आठ का समाजशेवी सफल ब्यपारी शुरेन्द खत्री ले आफ्ना बाहुबाजेको पालादेखी खादै आएको चार मुरि खेती जग्गा वडा अध्यक्षको रोवहरमा फिर्ता गरेका छन ।
कञ्चनपुर ९ जेठ रोजगारी र अध्ययनका लागि भारत गएका नेपालीहरु सुदुर पश्चिमको गौरीफन्टा नाकाबाट ३ दिनमा झन्डै ५ हजार जना भित्रिएका छन् । भारत दिल्ली , मुम्बई लगायतका अन्य क्षेत्रबाट कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार स्थित गौरीफन्टा नाकाबाट शुक्रवार १ हजार ९ सय ७८ जना , बिहिवार १ हजार ९ सय ३५ र बुधबार ८ सय ५० जना गरि ४ हजार ७ सय ६३ जना नेपाल प्रवेश गरेको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
काठमाडौं, ८ जेठ । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।
नेपाली कांग्रेस पर्साका सभापती अजय कुमार द्विबेदिले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि तीन तहको सरकारले जसरी काम गर्नुपर्ने थियो त्यो गर्न नसकेको आरोप लगाउनु भएको छ ।
सन्जु छत्कुलि बीरगंज २ जेष्ठ बिश्वब्यापी फैलिएको कोरोना माहामारी को उच्च जोखिममा वीरगंज महानगर परेपछि यहांका स्थानिय प्रशासनले बैशाख ३१ गते राती ८ बजे देखी जेष्ठ ५ गते सम्म पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण वीरगंज लगायत आसपासका स्थानको जनजिवन प्रभावित भएको छ ।
बीरगंज २ जेठ । बीरगंजमा ९ र १० वर्षका बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै दुई बालक सहित अन्य दुई गरि आज पर्साका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार मात्रै नेपालमाथप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निराजन बम, बहराइन। झण्डै दुई बर्ष अगाडी रोजगारिको सिलसिलामा बहराइन आएका गुल्मिका २९ बर्षिय युवा मीन बहादुर केसि सदाका निम्ति बहराइनमै अस्ताएका छन।
काठमाडौं, १ जेठ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ९टिचिङ अस्पताल० मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज, १ जेष्ठ वीरगञ्जमा दुईजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधवार करिव ५० जना पर्सेली सन्चारकर्मीहरुले पनि कोरोना स्वाव परिक्षण गराएकाछन । वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन गर्न सुरु गरिएको हो।
उपेन्द्र न्यौपाने सिञ्जा ३१ बैशाख कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयबीच आज एक समारोह विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैशाख ३० बैशाष पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित मध्ये दुईजना पत्रकार भएको पाइएको छ । चार जना पत्रकारको स्वाब परिक्षण गरिएकोमा दुई जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
बीरगंज २९ बैशाख बीरगंजमा आज एकै पटक ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सन्जु छत्कुलि बीरगंज २५ बैशाष वीरगन्जको अलौं स्थित सीमा नाकामा खटिएका शस्त्र प्रहरीलाई भारतीयले कुटपिट गरेका छन्। बीरगंज माहानगरपालिका १७ स्थित अलौ नाका सीमापारि गाउँ हरैयाबाट आएका २० देखी २५ जनाको गाउले समुहले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरीलाई हातपात गरेकाछन ।
सन्जु छत्कुली बैशाख २५ गते नेपाल प्रेस युनियन केन्द्रिय समितीले प्रेस युनियनको पर्सा शाखालाई ज्याकेट, सेनिटाईजर र मास्क हस्तान्तरण गरेको छ । प्रेस युनियन केन्द्रिय कार्यलयको तर्फबाट महासंघ पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीलार्ई पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, समितीका सचिव खिला कार्की तथा सल्लाहकार शिव लम्साल लगायतले अध्यक्ष कुर्मीलाई सो सामाग्रीहरु हस्तान्तर गर्नु भएको हो ।