logo

सशस्त्र प्रहरीद्वारा करिव एक करोड दश लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ 

बीरगंज २३ बैशाष सशस्त्र प्रहरीले १ करोड दश लाख भारतिय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।          मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १८ स्थित एकिकृत चेकजाँच चौकीबाट बैशाख २३ गते सशस्त्र प्रहरीको टोलीले एक करोड नौ लाख उनासी हजार सात सय तीस रुपैया भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

5/5/2020

 बढी मुल्य लिई समान बिक्रीगर्ने पसलेलाई एक लाख सम्म जरिबाना 

सन्जु छतकुली बीरगंज १३ बैशाष सन्सार भरी फैलिएको महामारीको बेला उपभोक्ताहरुलाई बढी मुल्य लिई सामान बिक्रीवितरण गरेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण कार्यालय पर्साले अनुगमन तीब्र रुपमा बढाएको छ । 

4/25/2020

जनकपुरधाममा पैसा फाल्ने महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो

जनकपुरधाम, ६ बैशाख   जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।

4/18/2020

२६ दिन लकडाउन भईरहदा भोकमरी नै हुने अवस्था भने छैन – मन्त्री खतिवडा

काठमाडौं, ६ वैशाख । देशमा लकडाउन २६ दिनमा चलिरहदा श्रमिक वर्गहरुमै पनि भोकमरीको अवस्था भने नरहेको अर्थमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ ।

4/18/2020

गण्डक अस्पतालका संचालक रहबर र  माहानगरपालिका बिच कोरोना विशेष  अस्पताल बनाउन  सहमती 

सन्जु छतकुली  बीरगंज ६ बैशाष वीरगञ्जमा कोरोनाभाइरस को उपचारका लागि विशेष अस्पताल बनाउन गण्डक अस्पताल का सन्चालक , तथ नेकपाका युवा नेता र वीरगञ्ज महानगरपालि बिच सहमती भएको छ।

4/18/2020

अध्यक्ष अंसारीलाई प्रहरीले दुर्वव्यवहार गरेको भन्दै बीरगंजको सम्पुर्ण औषधी पसल बन्द 

सन्जु छतकुली बीरगंज ६ बैशाष  औषधी ब्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारीको प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएर दुर्वब्यवहार गरेको भन्दै बीरगंजका सम्पुर्ण औषधी पसल आज बन्द भएको छ ।  लकडाउनको उलंघन गरेको भन्दै शनिवार दिउसो बीरगंजको माईस्थानमा प्रहरीले औषधी ब्यवसायी संघ पर्साका अध्यक्ष अन्सारी चढेको मोटरसाईकल नियन्त्रणमा लिएर बिर्ता प्रहरीले दुर्वब्यवहार गरेको भन्दै बीरगंजमा रहेको सम्पुर्ण औषधी पसलहरु बन्द गरेका हुन । 

4/18/2020

पुर्व सान्सद रुङ्ग्टा द्वारा नारायणी अस्पतालमा कोरोना भाईरस परिक्षणका लागि स्वाब स्क्रिनिग बुथ जडान ।

सन्जु छतकुली बीरगंज ६ बैशाष नेपाली काग्रेसका युवा नेता तथा पुर्व सान्सद अनिल कुमार रुङ्ग्टा द्वारा नारायणी अस्पतालमा कोभिड (१९ कोरोना भाईरस परिक्षणका लागि स्वाब स्क्रिनिग बुथ जडान गरिएको छ ।  नेपाली काँग्रेसका नेता एवं उद्यमी अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा पहिलो पल्ट ९कोभिड(१९० को भाइरस परिक्षणका लागि स्वाब संकलन गर्नको लागि स्क्रिनिंग बुथ जडान गरिएको हो।

4/18/2020

जि पि कोइराला फाउन्डेसन ले बिरगंज माहानगरपालिकाको ३२ वटै वाडा मा सेनिटाईजर छर्किने ।

सन्जु छत्कुलि बीरगंज ५ बैशाष  कोरोना भाईरस का कारण सन्सार भरि माहामारी फैलिरहेको बेला जी।पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।

4/17/2020

लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय, सनसिटी अपार्टमेन्टबाट  दुईमा कोरोना संक्रमण पुष्टि

काठमाडौ, २ वैशाख ।  सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।

4/14/2020

भारतबाट आईरहेको फलफुल र तरकारीका गाडीले कोरोनाको जोखिम बढाउदै 

प्रकाशित मिति २०७६÷१२÷२१ चैत्र  नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै सबै अन्तराष्ट्रिय नाका बन्द गरेपनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाद आउन दिंदा सिमावर्ती बजारमा बस्ने नेपालीहरुको ज्यान जोखिममा परेको छ ।

4/3/2020

वडा कार्यालय र स्वास्थय चौकीमा अज्ञात समुह द्धारा आगजनी ४ लाख रुपैया बराबरको क्षेती

सन्जु छत्कुली बीरगंज २१ चैत्र  बीरगंज माहानगरपालिका वडा नम्बर २४ मा रहेको वडा कार्यालय र स्वास्थय चौकीमा गएराती चोरी गरेर अज्ञात समुहले आगजनी गरेकाछन ।  बीरगंज २४ स्थित रामगढवामा रहेको वडा कार्यालय र सोही ठाउमा रहेको स्वास्थय चौकीमा बिहिवार राती अज्ञात समुहले सो कार्यालयमा रहेको सामानहरु चोरी गरेर आगजनी गरेका हुन । 

4/3/2020

काङ्ग्रेसका पुर्व सांसद  रुङ्टाद्वारा नारायणी अस्पताललाई आवश्यक उपकरण सहयोग ।

नेपाली कांग्रेसका युवा नेता एवं उद्योगपति अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् । निजी अस्पतालहरुले समान्य ज्वरोका विरामीलाई समेत भर्ना लिन नमानेपछि बीरगंज स्थित रहेको नारायणी क्षेत्रिय अस्पतालमा विरामीहरुको चाप बढ्न थालेपनि उपकरणको अभावमा उपचारमा समस्या देखिएकोले तत्काल केहि उपकरण उपलब्ध गराएको नेता रुड्डटाले बताए ।

4/3/2020

नारायणी क्षेत्रिय अस्पतालमा २० बेडको आइसोलेसन वार्ड सांसद यादवको पहलमा निर्माण गरिदै

वीरगन्ज १९ चैत               संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन् । मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहान देखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद यादव जुटेका हुन ।

4/1/2020

न्युज २४ पर्साका क्यमरा पर्सन जाकिर प्रहरीद्वारा कुटिए         

कृष्णा यादव  बीरगंज   १२ चैत ।  न्यूज २४ टेलिभिजन पर्साका क्यमरा पर्सन जाकिर हुसेनलाई प्रहरीले  कुटपीट गरेर तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ । कोरोना भाईरसको कारण नेपाल सरकारले गरेको देशभरीमा लकडाउनको देस्रो दिन रिपोटिङ्गको क्रममा बीरगंजमा प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको थियो । 

3/25/2020

कोरोना अस्पतालमा मृत्यु भएका बीरगंजको युवकमा संक्रमण नभएको पुष्टि

बीरगंज चैत ११ चैत  भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस कोभिड १९ संक्रमण नभएको पुष्टि भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

3/24/2020

कतार एयरवेजबाट नेपाल आएका तीन जना पर्सामा फेला ,तीनै जना क्वारेन्टाइनमा

बीरगंज ११ चैत ।  कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन ।  तीन जनालाई आज बीरगंजमा क्वारेन्टाइनमा राखिएको नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताउनु भयो ।कतारबाट आएका ३ जनालाई भेटन उनीहरुको घर पुगेका बारा जिल्लाको परवानीपुर गाउँपालिकाका एक जनालाई उनीहरुसंगको भेटका कारण क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

3/24/2020

लक डाउनपछि तरकारीको भाउ तेब्बर बढ्यो

बीरगंज ११ चैत   लक डाउन भएसँगै वीरगन्जमा व्यापारीले आलु, प्याज र हरियो तरकारीको भाउ तेब्बरले बढाएका छन् । सोमबार बेलुकी मङगलबारदेखि एक साताका लागि देशभर लकडाउन गरिने निर्णय गरेसँगै वीरगन्जको बजारमा अभाव देखाउँदै व्यापारीहरुले तरकारीको भाउ तेब्बरले बढाएका हुन् ।

3/24/2020

पर्सा प्रहरी द्धारा हुण्डीको रकम सहित २ करोड भन्दा बढी को  अबैध  सामान पक्राउ 

सन्जु छतकुली वीरगंज ९ फाल्गुन  पर्सा प्रहरीले डेढ महिनामा हुण्डीको रकम सहित करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्सामा करिव डेढ महिना पहिला प्रमुखको रुपमा सरुवा भएर आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले अबैध रुपमा ओसार पसार हुने हुन्डीको रकम सहित १ करोड २८ लाख ७२ हजार १ सय ९५ रुपैया बराबरको अबैध तस्करीको सामान नियन्त्रणमा लिएको हो । 

3/22/2020

पर्सा प्रहरी द्धारा २० बोरा छोकडा सहित २ वटा अटो  पक्राउ,  लागु औषध सहित २ नियन्त्रणमा 

कृष्णा यादव  बीरगंज २२ फागुन  पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको लागु औषध नियन्त्रण ब्युरोले भारतबाट नेपाल तर्फ लागु औषध ईन्जेक्सन लिएर आउदै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले विहिवार बीरगंज माहानगरपालिका १६ स्थित रजत जयन्ती चौकबाट बिशेष सुचनाको आधारमा फेनारगन ९० थान नोर्फिन ९० थान र डाईजोपाम ९० थान नाईट्रोभ्याट टयाव्लेट १ सय ५० पिस सहित बीरगंज माहानगरपालिका १ बस्ने बर्ष ३१ का हिरालाल महतो र जिल्ला नुवाकोट २ बस्ने बर्ष ४४ का राजु लामा भन्ने ( टिकाराम तामाड्ड ) को साथबाट बरामद भएको पर्सा प्रहरीले जनाएको छ । 

3/5/2020

क्षमता भन्दा बढी लोड भएको भारतिय ट्रकले ६ लेन सडक बिग्रियो

सिमरा २२ फागुन भारतिय ट्रक पारबाहन सम्झौता र नेपालको कानुन बिपरीत अत्याधिक भार बोकी नेपालमा निर्बाध प्रबेश गरे पछि पथलैया बिरगंज ब्यापारीक मार्ग ६ लेन सडक बन्न नपाउदै भत्कन थालेको छ । नेपाल भारतको सिमानामा अबस्थित एकीकृत जाच चौकीमा रहेको भारबाहन क्षमता तौलपुल ८० टन क्षमताको मात्र हुदा भारतिय लोडट्रकको तौल अत्याधिक बोकी आउदा ब्यापारीक मार्गको बन्दै गरेको सडक बिग्रन थालेको हो ।

3/5/2020

विओपी अलौंले करिव २३ लाख रुपैया बराबरको अवैध सामान पक्राउ गरी भन्सार बुझायो 

कृष्णा यादब बीरगंज २२ फाल्गुन सशस्त्र प्रहरी बल बिओपी अलौले चालु आर्थिक बर्षको ८ महिनामा करिव २३ लाख रुपैया बराबरको अबैध सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  सशस्त्र प्रहरी बल अलौंले चालु आर्थिक बर्ष ०७६÷०७७ को श्रावण देखी फागुन सम्ममा अबैध भन्सार छलीका २२ लाख ८५ हजार ३ सय ९५ रुपैया बराबरको सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको हो । 

3/5/2020

वीरगजमा भारतीय पेय पदार्थको अनाधिकृत बिक्री बढदो 

बीरगंज १७ फागुन  फागु पूर्णिमालाई लक्षित गरेर भारतीय व्यापारीहरुले अनाधिकृत रुपमा नेपाली  बजारमा पेप्सी, कोक लगायतका पेय पदार्थको बिक्री गर्दै आएको पाइएको छ । भारतमा उत्पादित पेप्सी, मिरिन्डा, डिय् , कोकाकोला, फेन्टा, स्प्राईट म्याङ्गो, स्लाइस लगायतका पेय पदार्थहरु खुल्ला सीमाको कारण वीरगंज बजारमा आउने र पर्साभरि बिक्री भइरहेको छ ।

2/29/2020

गाजा सहित ३ जना भारतिय पर्सा प्रहरीको नियन्त्रणमा

कृष्णा यादव बीरगंज १७ फागुन पर्सा प्रहरीले प्रतिबन्धीत लागु औषध गाजा सहति ३ जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रवार बीरगंज १६ स्थित नेपाल भारतको सिमामा पर्ने शंकराचार्य गेटबाट ६ के जी लागु औषध गाजा सहित तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

2/29/2020

गोतामे पत्रकारिता पुरस्कार आचार्यलाई एक तोला सुनको पदक प्रदान

वीरगंज, ३ फागुन     यस बर्षको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता पुरस्कार झापाका पत्रकार केशव आचार्यले पाएकाछन । नेपाल पत्रकार माहा संघको सभाहलमा एक कार्यक्रमको बिच गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता पुरस्कार आर्चायलाई एक तोला सुनको पदक प्रदान गर्नुभएको हो । स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ ।

2/14/2020

आफुले बोलेर भन्दा पनी काम गरेर देखाउने छु, पर्सा प्रहरी प्रमुख पन्त

कृष्णा यादव बीरगंज ३ फागुन  पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले पहिलेका प्रहरी प्रमुख भन्दा अलग ढंगबाट जिल्लामा काम गरेर देखाउने बताउनु भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै सरुवा भएर पर्सा प्रमुखको कार्यभार सम्हाल्नु भएकी पंतले आफुले बोलेर भन्दा पनी काम गरेर देखाउने बताउनु भएको हो ।  जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजना गरेको पर्सेली संचारकर्मीहरु संग परिचारित्मक कार्यक्रममा बोल्दै जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने आफनजो पहिलो लक्ष्य रहेको दावी गर्नु भयो । 

2/14/2020

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।