कृष्णा यादव माघ २९ वीरगंज श्रिसिया नदिमा प्रदुषण फैलाउने उधोगलाई कार्यवाही गर्न सरकार संग पर्साका सांसद प्रदिप यादवले माँग माग गरेकाछन । पर्सा क्षेत्र नम्बर १ समाजवादी पार्टीका सांसद प्रदिप यादवले सिर्सिया नदीको प्रदुषणले आम पर्साबासी धेरै नै सास्ती खेपिरहेको हुदा उधोगीलाई पहिचान गरी कारवाही गर्न सरकार संग माग गरेका हुन । पर्सा क्षेत्र नं। १ र २ अन्तर्गत वीरगंज महानगरपालिकामा पर्ने सिर्सिया नदीमा केही उद्योग कलकरखानाको बदमासीले यतिखेर नदी प्रदुषित र विषालु भई जनताको स्वास्थयको लागी हानिकारक भएको हुदा प्रदुषण गर्ने उधोलाई कारवाही गर्न सांसद यादवले माग गरेको बताएकाछन ।
बीरगंज २८ माघ नेपाल प्रहरीको प्रहरी माहानिरिक्षक आईजिपीमा ठाकुर ज्ञवाली नियुक्त भएकाछन । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको बताउनुभयो ।
सन्जु छत्कुली बीरगंज २८ माघ सशस्त्र प्रहरीले पर्साको बिभिन्न स्थानहरुवाट लागु औषध लत्ता कपडा र किराना समानहरु बरामद गरेको छ । सशस्त्र प्रहरीे विओपी भिस्वाको टोलीले पर्साको छिपहरमाई गाँउपालिका १ स्थित भलवईयाबाट ३ केजी दुई सय ग्राम लागु औषध चरेश बरामद गरेको हो । सशस्त्र प्रहरीे विओपी भिस्वाको टोलीलाई देख्ना साथ तस्करहरुल उक्त लागु औषध चरेश फालेर भागेको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल चौक काठमाण्डौका सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छत्कुलीले जनाएकाछन ।
वीरगंज २६ माघ नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलले बीरगंजमा आज प्रदर्शन विरोध प्रदर्शन गरेका छन् तरुण दल पर्साले बीरगंजमा सरकार बिरुद्ध प्रदर्शन गरेका हुन । सरकारले बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनिक बदनियत र प्रतिशोध पूर्ण मुद्दा लगाउने निर्णय गरेको भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
कृष्णा यादव बीरगंज २६ माघ पर्सा प्रहरीले साढे पाच लाख नेपाली रुपैया सहित एक भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले उक्त रकम सहित बिशेष सुराकीको आधारमा १ जनजा भारतियलाई पक्राउ गरेको छिमेकी मुलुक भारतको रक्शौलबाट बिआरओ ५ एए ७३१९ भारतिय नम्बरको मोटर साईकलमा बीरगंज तर्फ आउदै गर्दा बीरगंज १६ स्थित रजत जयन्ती चौकबाट उक्त रुपैया सहित प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
कृष्णा यादव बीरगंज २४ माघ पर्सा जिल्लाको ग्रामिण भेगबाट ठूलो मात्रामा तस्करी शुरु भएको छ । पर्साको सिमावर्ती नाका अमरपट्टी, धोरे, सवैठवा, भिष्वा, भिखमपुर, जानकीटोला लगायतका स्थानहरुबाट तस्करहरुले रातीको समयमा मोटरसाइकल, साइकल, ट्रेक्टरहरुबाट तस्करी शुरु गरेकाछन । पर्साको धोरे र सवैठवाबाट तस्करहरुले अबैध रुपमा भन्सार छलेर भारतबाट नेपालमा भैसीहरु भित्रयाउने गरेकाछन भने भिष्वा नाकाबाट छोहडा, मरिच, केराउ नेपालबाट सोही नाका हुदै भारत तर्फ ट्रेक्टरमा लाने गरेको स्थानियहरुले बताएकाछन ।
काठमाडौं, २५ माघ विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनकी पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले सातौ वार्षिकोत्सवका अवसरमा विशेष सेवा सम्मान–२०७६ बाट सम्मान गरेको छ । महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आउनुभएकी पत्रकार अधिकारीले सञ्चार क्षेत्रमा रहि बिकास र सामााजिक सेवामा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ ।
वीरगंज २४ माघ पर्दाफास दैनिकले आज आफनो ९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । बीरगंज स्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजना भएको कार्यक्रममा प्रमु्ख अतिथि प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोविन्दप्रसाद चौलागाईले पर्दाफास दैनिकले निरन्तर रुपमा ९ वर्षसम्म पत्रकारीता पेशालाई निष्पक्ष ढंगले जनतामा सत्य, तथ्य घटनालाई जनता सामु राखी सम्पूर्ण पर्सावासीको मन जित्न सफल भएकोमा शुभकामना दिनुभएको थियो ।
कृष्णा यादव वीरगन्ज २४ माघ नेपाली काँग्रेस पर्साका अध्यक्ष अजय कुमार द्धिवेदीले सरकार विरुद्ध सडक तताउँने बताउनु भएको छ । प्रेस युनियन पर्साले बीरगंजमा आयोजना गरेको पत्रकार सम्म्ेलनमा काँग्रेस पर्साका अध्यक्ष अजय कुमार द्धिवेदीले कम्युनिष्ट सरकारले पुर्वाग्राही सोचले काग्रेसका उपसभापती बिजय कुमार गच्छेदारलाई फसाउन खोजेको आरोप लगाउदै बर्तमान सरकारले काग्रेसका नेताहरुलाई फसाउन खोजेको आरोप लगाउनु भएको हो ।
सन्जु छतकुली बीरगंज २१ माघ नेपाली काग्रेसका पुर्व माहामन्त्री प्रकाशमान सिंहले केपी ओलीको दुई तिहाई सरकारले काम गर्न नसकेको आरोप लगाउनु भएको छ । प्रेस युनियन पर्साले बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले अहिलेको दुई तिहाईको सरकारले बिकासको कुनैपनी काम गर्न नसकेको आरोप लगाउनु भएको हो ।
सन्जु छतकुली बीरगंज २० माघ नेपाली काग्रेसका पुर्व माहा मन्त्री एवम युवा नेता प्रकाशमान सिहले आज एक कार्यक्रम बिच सर्व मान्य नेता स्वर्गिय गणेशमान सिंहको शालिकको पुनः अनावरण गर्नु भएको छ । बीरगंज माहानगरपालिका वडा नम्बर ४ स्थित बिर्तामा रहेको स्वर्गिय गणेश मान सिंहको शालिक मधेश आन्दोलनमा तोडफोड भएपछी आज एक कार्यक्रम बिच सिहले पुनः अनावरण गर्नु भएको हो ।
कृष्णा यादव बीरगंज २० माघ पर्सा प्रहरीले लागु औषध गाजा, सालको काठ र घरेलु मदिरा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी गस्ती टोलीले सखुवाप्रर्सौनी गाउपालिका वडा न २ श्रीपुरबाट ३ वटा साईकलमा लोड गरी भारत तर्फ लादै गरेको अवस्थामा सालको तिन थान गोलिया नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नासाथ काठ तस्करहरुले उक्त काठ सहितको साईकल छोडी फरार भएपछी प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सन्जु छतकुली बीरगंज ८ माघ पर्सा प्रहरीले करिव साढे सात करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आषाढ महिना देखी माघ महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ७ करोड २४ लाख ७२ हजार ५ सय ९५ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएकाछन ।
कृष्ण यादव बीरगंज ७ माघ लागु औषध गाजा र चरेश मुददाका फरार रहेको एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध मुददामा फरार रहेका जिल्ला पर्सा सखुवा प्रसौनी गाउपालिका वडा नम्बर २ निवासी वर्ष ३६ को प्रभु सहनीलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
सिमरा, २४ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधिलाई पारिश्रमिक नदिन देशभरका स्थानीय तहलाई परिपत्र गरेपनी बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा भने यो निर्देशन पुर्ण कार्यान्वयनमा आउन सकेको छैन । सर्वोच्च अदालतले गत कात्तिक १ गतेको फैसलाले जनप्रतिनिधिलाई पारिश्रमिक र सेवा सुबिधा लिन रोक लगाएको थियो । सो फैसलाको पूर्णपाठ आएपछि मन्त्रालयले हालै पत्राचार गरेको हो । सवोच्चले प्रदेश कार्यालय मार्फत स्थानिय तहमा पत्राचार गरेको हो । सर्वोच्चले मंसिर ५ मा पठाएको पत्रमा स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई मासिक सुबिधा नदिनु भनि आदेशको कार्यान्वयन गर्न प्रदेश कार्यालयमा पत्राचार गरेको हो ।
कृष्णा यादव बीरगंज १८, पौष नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा आज वडा भेला सम्पन्न भएको छ । बीरगंज माहानगरपालिका वडा नम्बर २४ बहुवरीमा जुमादिन अन्सारीको अध्यक्षतामा बसेको भेलाले २१ सदस्यीय चयन गरिएको हो । उक्त भेला बाट २१ सदस्यीय नेकपा को वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ ।
कृष्णा यादव बीरगंज २६ मंसिर सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लादै गरेको चरेश सहित एक थान भारतिय नम्बरको मोटर साईकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले मंगलबार राती पर्साको जगरनाथपुर गाउपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट ११ किलो चरेश सशित एक थान भारतिय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
बीरगंज, मंसिर २५ गते । नेपाल यु्वा परिषदले आयोजना गर्न लागेको प्रदेश नं। २ स्तरीय युवा सम्मेलन २०२० अगामी माघ ११ र १२ गते गर्ने निणर्य अनुसार पर्सा जिल्लाका नेपाल युवा परिषद नेपालका अध्यक्ष श्रवण प्रसाद साहलाई केन्द्रिय कार्यसमितिले कार्यक्रम संयोजक नियुक्त गरेको छ ।
कृष्णा यादव बीरगंज २१ मंसिर बीरगंज माहानगरपालिका २५ श्रीसियाका जग्गा धनीहरुले मुअव्जाको माग गर्दै आज तेस्रो दिन पनी टायर बालेर बिरोध प्रदर्शन गरेका छन । सरकारले करिव ३ बर्ष देखी बीरगंज २५ श्रीसियाको जग्गा बिक्री बितरण गर्न नपाउने गरी रोक्का राखेको र उचित मुअव्जा नदिएको कारण बिहिवार देखी दैनिक टायर बालेर सुख्खा बन्दरगाह ( ड्राईपोर्ट ) अगाडी टायर बालेर जग्गा धनीले बिरोध र प्रदर्शन गरी रहेकाछन ।
बीरगंज १८ मंसिर पाच बर्षमा लाग्ने मेला बाराको गढिमाईमा दर्शन गर्नेहरुको भिडभाड एक्कासी बढेको छ । बारा जिल्लाको बरियारपुर स्थित रहेको गढिमाई मन्दिरमा दर्शन गर्ने दर्शनाथीहरुको हिजो देखी मानव सागर नै ओर्लिएको छ । विश्वमा सव भन्दा बढी बली चढने गढीमाई मन्दिर रहेको छ ।
वारा — गढीमाई मन्दिरको दर्शन गरेर फर्किदै गरेको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिव १ दर्जन भन्दा बढी घाईते भएकाछन । बाराको गढीमाई मेलाबाट दर्शन गरेर फरर्किने क्रममा बर्दिवासको जंगलमा दुर्घटना हुदा २ जनाको ज्यान गएको छ भने १४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
बीरगंज २८ कार्तिक बिदेशबाट बढी मात्रामा चुईङगम नेपाल भित्रिन थालेपछी नेपाली उधोगहरु मारमा पर्न थालेकाछन । नेपालमा बिदेशबाट ठूलो मात्रामा चुईङगमहरु भित्रिन थालेपछी नेपालको चुईङगम उधोग धरापमा पर्नुको साथ साथै बार्षिक अरवौ रुपैया बिदेशिने गरेको छ । छिमेकी मुलुक भारत र चिन लगायत करिव ९ वटा राष्ट्रबाट नेपालमा चुईङगम भित्रिन थालेपछी नेपालमा रहेको करिव ५ वटा चुईङगम उधोगहरु बन्द हुने अवस्थामा पुग्न थालेकाछन ।
संजिव छतकुली बीरगंज २१ कार्तिक पर्सा प्रहरीले एक जना अपहरणकारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कर्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले बुधवार बिहान बालक अपहरण गरी फिरौती लिन आएका एक अपहरणकारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा बालक अपहरण गरी फिरौती लिन आएका अपहरणकारीलाई पर्सा प्रहरीको क्राईम ब्रान्चको टोलीले खुटामा १ राउन्ड गोली हानेर पक्राउ गरेको थियो ।
वीरगंज १५ कात्तिक । बुढानिलकण्ड स्कूल काठमाडौं छात्रा तरनुम बेगमको आयोजनामा शुक्रवार वीरगंज १७ स्थित अलौंमा बृक्षारोपण गरिएको छ । खानेपानी सरसफाई उपभोक्ता समिति वीरगंज महानगरपालिका वडा नं। १७ को सह आयोजनामा उपभोक्ता समितिको प्राङ्गणमा आज बृक्षा रोपन गरिएको हो । आज गरिएको बृक्षा रोपनमा टिक, सपेता, बेल, अशोका, मंगोलियम सखुवा, लहरे पिपल लगायत विभिन्न प्रजातिका एक सय विरुवाहरु रोपिएको थियो ।
बीरगंज ६ कार्तिक नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अजय कुमार चौरसियाले नेपालमा कम्युनिष्ट शासन सत्ता ल्याउने षडयन्त्र भइरहेको बताएका छन् । दिपावली र छठ पर्बको अवसरमा बुधबार वीरगन्जमा नेपाली काँग्रेसको क्षेत्रीय कार्य समितिले आयोजना गरेको शुभाकमना आदान प्रदान एंव क्षेत्रीय कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री चौरसीयाले चिनीया राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण अघि काठमाण्डौमा नेकपा र चिनीया उच्च नेताहरु बिच तीन पटक अन्तरकृया भएको बताउनुभएको हो ।