logo

अबको विकास कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्छ– अध्यक्ष कंडेल

वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कंडेलले बताउनुभयो । न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको जनाउनुभयो ।

9/29/2019

संविधान कार्यान्वयनको बाटो छाडी सरकार घोषणा पत्र कार्यान्वनयको बाटोमा, नेता सिटौला

बीरगंज २ असोज  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली सरकार संविधान कार्यान्वयनको बाटोमा नभइ  कम्यनिस्ट घोषणा कार्यान्वनयको बाटोमा अघि बढेको  बताउनु भएको छ । संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियनले बिहीबार गरेको अन्तरक्रियामा उहाँले  सरकार सविधान बलियो बनाउनुभन्दा कम्युनिस्ट घोषणा पत्र कार्यान्ववयन गर्न अघि बढेको बताउँदै सरकारकै कारण संविधान कमजोर हुन थालेको चर्चा गर्नु भयो ।   संविधानमै सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने र सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने व्यवस्था भए पनि कम्युनिस्ट सरकारले यो व्यवस्थाको उल्लघंन गरी सभामुख र उपसभामुख एउटै पार्टीको बनाएको बताउनु भयो ।

9/19/2019

सशस्त्र विओपी अलौं द्धारा करिव १ लाखको मोवाईल र ईन्भटर पक्राउ

कृष्णा यादव  बीरगंज १४ भदौ सशस्त्र प्रहरले करिब १ लाख मूल्य बराबरको अबैध रुपमा भन्सार छलेर भारत बाट नेपाल तर्फ भित्रयाउदै गरेको सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बिओपी अलौको टोलीले अबैध रुपमा भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा करिब ९६ हजार मूल्य बराबरको मोबाइल र  ईन्भटर पक्राउ गरेको हो ।

8/30/2019

नेशनल मेडिकल कलेज बीरगंजले पहिलो पटक बाईपास सर्जरी शल्यक्रिया गर्न सफल

कृष्णा यादव  बीरगंज १३ भाद्र नेशनल मेडिकल कलेज बीरगंजले ह्रदयघात भएका बिरामीको पहिलो पटक बाईपास सर्जरी मार्फत सफल शल्यक्रिया गर्न सफल भएको छ ।  नेपाल कै मेडिकल कालेजहरुमा देस्रो स्थानमा रहेको र प्रदेश नम्बर २ मा सव भन्दा ठूलो मेडिकल कालेजको रुपमा रहेको बीरगंज १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कालेजले एक जना बृद्धाको ओपन हर्ट सर्जरी गर्न सफल भएको हो ।  नेशनल मेडिकल  कलेजले बारा जिल्ला फेटा गाउपालिका ७ निवासी बर्ष ५८ का हदिश मिया अनसारीको ३ वटा मुटुको नसा ब्लकेज भएको हुदा सो मेडिकल कालेजका मुटुरोग बिशेज्ञ डाक्टर जितेन्द्र मिश्राको टिमले  मुटुको तीनवटै नशा जाम भएकोलाई अप्रेशन गरेर सफल  शल्यक््िरmया पहिलो पटक गर्न सफल भएको थियो ।

8/30/2019

विरगंजमा प्राईम अटो ट्रेड्र्स सोरुमको उदघाटन

बिरगंज १३ भदौ  नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा।लि। ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसय“भी टाटा एच फाइभ विरगंज स्थित प्राईम अटो ट्रेडर्समा सार्वजनिक गरेको छ । साथै टाटाको नयाँ शोम प्राईम अटो ट्रेडर्स पनि आजबाटै सुभारभ्भ गरिएको हो। टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख श्री सज्जन रोयल तथा सिप्रदी ट्रेडिङ्ग कम्पनिजका अध्यक्ष सौर्य एस जे बि राणाले संयक्त रुपमा टाटा एच फाइभ सार्वजनिक तथा प्राईम अटो ट्रेडर्सको उद्घघाटन गरेको थियो ।।

8/29/2019

सशस्त्र प्रहरीले कागज बोकेको भारतिय नम्बरको गाडी नियन्त्रणमा लियो

संजिव छतकुली बीरगंज १२ भदौ  सशस्त्र प्रहरीले १ वटा भारतिय नम्बरको कागज बोकेको गाडीलाई पक्राउ गरी  नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर चिनिमिल पर्साले बिशेष सुराकीको आधारमो नियन्त्रणमा लिएको हो ।  सशस्त्र प्रहरीले मंगलबार राती करिव २ बजेको समयमा बीरगंज भन्सारबाट जा“चपास भई छुटेको यच्(ज्ञद्ध(ह् द्दज्ञढट नम्बरको माल बाहक ट्रक बीरगंज माहानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिएको जनाएकाछन । 

8/29/2019

सशस्त्र प्रहरी द्धारा २० क्यु फिट काठको गोलिया नियन्त्रणमा 

कृष्णा यादव  बीरगंज १२ भदौ  सशस्त्र प्रहरीले ३ थान काठको गुलिया पक्राउ गरी नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरीको सुरक्षा वेश क्याम्प बागेश्वरी तित्रौनाबाट खटी गएको गस्ती टोलीले ३ थान काठको काचो गोलिया सहित ३ थान साईकल नियन्त्रणमा लिएको हो ।  पर्साको रंगपुरटाडीबाट बुधवार राती अन्दाजी १२ बजेको समयमा काठ तस्करहरुले साईकलमा जंगलबाट भारत तर्फ लादै गरेको अवस्थामा उक्त साईकल सहित काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प बागेश्वरी तित्रौनाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक राम कुमार महतले बताउनु भएको छ । 

8/29/2019

राजपाले बीरगंज माहानगरपालिकाका मेयर सरावगी बिरुद्ध निकाले रयाली 

कृष्ण यादव  बीरगंज ११ भाद्र  राष्ट्रिय जनता पार्टी पर्साले आज बीरगंज माहानगरपालिकाका मेयर बिजय सरावगी बिरुद्ध बीरगंजमा रयाली निकालेको छ ।  बीरगंजको घण्टाघरको उत्तरपटी रहेको रातो बंगलाबाट राजपा पर्साले ठूलो संख्यामा बीरगंज माहानगरपालिकामा भएको भ्रष्टाचार र मेयरको बिरुद्ध रयाली निकालेको हो । बीरगंज माहानगरपालिकाका मेयर विजय सरावगीका कारण कार्यालयमा भ्रष्टाचार बढदै गएको र बीरगंजमा ढलनाला सरसफाई नगरेको भन्दै उनी बिरुद्ध बुधवार बीरगंजमा राष्ट्रिय जनता पार्टी पर्साले ठूलो संख्यामा जुलुश निकालेको थियो ।  

8/28/2019

विकास नभए सम्म देशमा सम्बृद्धी नहुने उपप्रधान एवम स्वास्थय मन्त्री यादव

कृष्णा यादव  बीरगंज १० भदौ उपप्रधानमन्त्री एवम स्वास्थय तथा जन संख्या मन्त्री उपेन्द्र यादवले विकास नभए सम्म देशमा सम्बृद्धी नहुने बताउनु भएको छ । बीरगंज माहानगरपालिका र नगर बिकास कोषको ऋण सहयोगमा नव निर्मित बस टर्मिनलको उदघाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम स्वास्थय तथा जन संख्या मन्त्री यादवले बिना सम्बृद्धी र बिना समान्ताको लोक कल्यानकारी राज्यको निर्माण र समाजवादको निर्माण नहुने बताउनु भएको हो । 

8/27/2019

सशस्त्र प्रहरी द्धारा २५ किलो चरेश पक्राउ

कृष्णा यादव  बीरगंज १० भाद्र  सशस्त्र प्रहरीले अबैध रुपमा भारत तर्फ लादै गरेको अवस्थामा २५ किलो प्रतिबन्धीत लागु औषध चरेश नियन्त्रणमा लिएको छ ।  पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बन्कटवा टोलबाट सोमवार राती २ बजेको  समयमा बिशेष सुचनाको आधारमा चरेश तस्करहरुले उक्त चरेश बोरामा लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

8/27/2019

हिन्दु संगठित नभएका कारण हिन्दुधर्ममाथि चौतर्फी हमला भयो—बक्ताहरु 

वीरगन्ज ६ भदौ विश्व हिन्दु परिषद पर्साले आफनो ५५ अन्तराष्ट्रिय स्थापना दिवस वीरगन्जमा धुमधामका साथ मनाईएको छ । श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा आयोजित स्थापना दिवसमा सहभागि बक्ताहरुले हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार हुने काम भईरहेको बताए ।  परिषदले शुक्रबार वीरगन्जको आर्दशनगर स्थित होटल कन्ट्री ईनमा आयोजना गरेको कार्यक्रममा परिषदका केन्द्रिय महामन्त्री जितेन्द्र कुमार सिंहले हिन्दुहरु संगठित नभएका कारण बैद्धिक सनातन धर्ममाथि चौतर्फी प्रहार हुने काम भईरहेको बताए । 

8/23/2019

१ लाख ९० हजार भारतिय जाली नोट सहित २ पक्राउ, बम बिषफोट गराउने ३ नियन्त्रणमा  

सन्जिव छतकुली बीरगंज ६ भदौ  पर्सा प्रहरीले भारतिय जाली नोट र बीरगंजको दुई ठाउमा बम पडकाउने कार्यमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिहिवार राती १ लाख ९० हजार भारतिय जाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ भने बीरगंजको आर्दशनगर र घण्टाघरमा बम पडकाएर जनतामा त्रास फैलाउने कार्यमा संलग्न रहेकोमा ३ जना यसवकलाई पक्राउ गरेको हो । 

8/23/2019

पर्सामा द्धय एसपी राठौर र कु“वरको आगमन पछी तस्करहरु अन्य नाका पलायन 

संजिव छतकुली  बीरगंज ३ भदौ  पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर र  सशस्त्र प्रहरी १३ नम्बर गण चिनिमिल बीरगंज पर्साका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कु“वर आउना साथ बीरगंजबाट तस्करी पुर्ण रुपमा बन्द हुनुका साथै तस्करहरु यहाबाट पलायन भएकाछन ।  पर्साका नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख द्धय एसपी राठौर र कु“वरको बीरगंजमा आगमन पछी तस्करहरु बीरगंज नाका छाडेर भागेकाछन । 

8/20/2019

नेकपाका नगर कमिटिको सपथ ग्रहण सम्पन्न 

वीरगन्ज,३ भदौ सत्तारुढ दल नेकपाका प्रदेश २ मा पहिलो स्थानीय तहको रुपमा पोखरीया नगरपालिकामा नगर कमिटिको सपथ ग्रहण मंगलबार सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य एवं महानगर कमिटि इन्चार्ज दिनेश राईले नवगठित कमिटिका पखाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।  सपथ ग्रहणपछि बोल्दै नेकपाका पोखरिया नगर अध्यक्ष प्रधुम्न चौहानले पार्टी एकतालाई बलियो बनाएर जनजन सम्म परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

8/20/2019

प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा दवाव प्रभावमा  नपर्न मुख्यमन्त्री राउतको निर्देशन

बीरगंज ३ भदौ  ।   मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ ।  प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो । 

8/20/2019

प्रतिक दैनिकको ३३ औं बार्षिकोत्सव, सुबोध स्मृति पत्रकारिता पुरस्कार खतिवडालाई

वीरगंज, ३१ श्रावण । यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको सुबोध स्मृति पुरस्कार प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार खतिवडालाई दिने निर्णय भएको प्रतिष्ठानका सचिव प्रताप श्रेष्ठले जानकारी गराएका छन् ।

8/16/2019

सशस्त्र प्रहरी १३ नम्बर गण बीरगंज पर्साका प्रमुख कु“वरले दैनिक अबैध सामान पक्राउ गर्दै 

संजिव छतकुली बीरगंज २१ साउन  सशस्त्र प्रहरीले करिव ५ लाख मुल्य बराबरको अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको सामान नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बलको १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साको टोलीले अबैध भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा ३ लाख मुल्य बराबरको लत्ता कपडा र करिव २ लाख मुल्य बराबरको चपरा पक्राउ गरेको हो । 

8/6/2019

एसपि कु“वरद्धारा ठूलो परिमाणमा अबैध कुखुराको चल्ला सहित ५ वटा मोटरसाईकल नियन्त्रणमा

संजिव छतकुली  बीरगंज १९ साउन  सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल बीरगंजले ठूलो परिमाणमा अबैध कुखुराको चल्ला सहित केही नम्बर नभएको र केही भारतिय नम्बर प्लेट भएको ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बल १३ नम्बर गण बीरगंज पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कु“वरले बीरगंजमा सरुवा भएर आएको ५ दिन मै ठूलो परिमाणमा अबैध चल्ला सहित उक्त भारतिय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो ।  सशस्त्र प्रहरी बलको १३ नम्बर गण हेडक्वाटर पर्सा बीरगंजले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ८ हजार ५ सय कुखुराको चल्ला सहित ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । 

8/4/2019

पर्साको भिष्वानाकाबाट गोरु र भैंसीको ब्यापक तस्करी श्रीपुर प्रहरी द्धारा २० वटा भैसी पक्राउ 

कृष्णा यादव  बीरगंज ९ साउन  प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छलेर नेपाल भित्रयाउदै गरेको २० वटा भैंसी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  बीरगंज स्थित वडा प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलीले मंगलबार बिहान भन्सार छलेर नेपाल भित्रयाएको २० वटा भैंसी सहित उनिहरुलाइृ पक्राउ गरेको हो ।  प्रहरीको गस्ती टोलीले बीरगंज माहानगरपालिका वडा नम्बर २२ स्थित परवानीपुरबाट उक्र परिमाणको भैंसी नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताउनुभयो । 

7/25/2019

सशस्त्र प्रहरी १३ नम्बर गण पर्साको प्रमुखमा सशस्त्र प्रहरी उपरिक्षक कु“वर आउदै 

कृष्णा यादव  बीरगंज ७ श्रावण  सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साको प्रमुखमा सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कु“वर आउने भएकाछन ।  सशस्त्र प्रहरी बल ९ नम्बर पशुपतीनाथ वाहिनी मुख्यालय काठमाण्डौबाट सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाहको ठाउमा सप्रउ कु“वर सरुवा भएर पर्सा आउने भएका हुन ।  सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले एकै पटक ६२ जना सशस्त्र प्रहरी उपरिक्षकहरुको  सरुवा गरेपछी सशस्त्र प्रहरी उपरिक्षक कु“वरलाई पर्साको जिम्मेवारी दिएर पठाएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ । 

7/23/2019

नया कर नितीको बिरोधमा बीरगंजका उधोगी ब्यापारी र ट्रान्सपोर्टहरुको जुलुश प्रर्दशन

कृष्णा यादव बीरगंज ६ साउन सरकारले ल्याएको नया कर निती भेईकल कन्साईन्मेन्ट ट्रयाकिङ सिस्टम  ( भिसिटिएस ) को बिरोधमा बीरगंजका उधोगी ब्यापारीहरुले रयाली निकालेकाछन । ब्यापारीहरुले भिसिटिएस करको बिरोधमा बीरगंजको उधोग बाणिज्य संघको कार्यालयबाट रयाली निकालेका हुन । बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा निस्केको रयाली नगको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।   आईतवार बिहान उधोगीहरुले बीरगंजमा निकालेको जुलुश बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया र ट्रान्सपोर्ट एसोसिएन बीरगंज पर्साका अध्यक्ष बाल कृष्ण पोखरेलको नेतृत्वमा रयालि निस्केको थियो ।

7/21/2019

विपन्न मुसहरका लागि न्यानो र सुरक्षित घर बनाउन संघीय संसद कोष र स्थानीय सरकारले पहल गरेपनि घर गुणस्तरहिन

कृष्णा यादव  वीरगंज ५ श्रावण   वीरगंज महानगर मनियारी टोलका विपन्न मुसहरका लागि न्यानो र सुरक्षित घर बनाउन संघीय संसद कोष र स्थानीय सरकारले पहल गरेपनि घर गुणस्तरहिन भएको भेटिएको छ ।  उपभोक्ता समितिमार्फत निर्माणाधिन घरमा गुणस्तरहिन सामाग्री प्रयोग भएपछि गुणस्तरहिन भएको तथ्य बाहिर आएको हो ।  स्थानीय विकास साझेदारी कार्यक्रम अन्तरगत पर्सामा विपन्न मुसहर परिवारका लागि घर निर्माण भईरहेको छ । 

7/21/2019

ब्राहमण समाज नेपाल पर्सा युवा समुहको अध्यक्षमा दुवे सर्वसहमतीबाट चयन 

कृष्णा यादव  बीरगंज २ श्रावण ब्राहमण समाज नेपाल पर्सा युवा समुहको अध्यक्षमा राकेश दुबेलाई सर्वसहमती वाट चयन गरेको छ । बुधवार वीरगंजको रोयल पार्टी प्यालेसमा बसेको ब्राहमण समाज नेपालले गरेको सम्मान कार्यक्रममा   पर्सा जिल्लाका युवा अध्यक्षमा दुवेलाई सर्वसहमती वाट चयन गरेको हो । ब्राहमण समाज पर्साले गरेको सम्मान कार्यक्रममा अजय द्धुुवेदी , नवराज उपाध्याय, ब्राहमण समाजका संरक्षक शुमेशवर उपाध्याय , प्रधुमन सेढाइ, पत्रकार पवन तिवारी ,अनुप तिवारी , रितेश त्रिपाठी, ,अनिल तिवारी , फुलेना पाण्डे ,नरेन्द्र तिवारी ,राजेशवर दुवे लगाएतका १ सय जना भन्दा वढीलाई फुलमाला लगाई  सम्मान गरेको थियो ।

7/18/2019

बीरगंजमा छ दिन देखीको बर्षा कारण नगर लगायत पर्साको अधिकांस स्थान डुवानमा 

कृष्णा यादव बीरगंज २८ असार  बीरगंजमा परेको लगातार अविरल बर्षाको कारण पर्सामा एक बालकको मृत्यु हुनुको साथै बीरगंज माहानगरपालिका लगायत पर्सा जिल्लाको अधिकांश गाउ डुवानमा परेको छ ।  सोमवार देखी छ दिन सम्म लगातार परेको वर्षाको अविरल बर्षाको कारण बीरगंज माहानगरपालिकाको ३२ वटा वडा मध्ये अधिकांश पानीले जलमग्न भएर डुवानमा परेको छ ।  त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साको कार्यालय समेत डुवानमा परेको छ । 

7/13/2019

बीरगंज नाका हुदै लागु औषधको तस्करी, राजश्व गस्ती द्धारा ४ केजी चरेश सहित एक पक्राउ 

कृष्णा यादव  बीरगंज २५ असार  सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले ४ केजि लागु औषध चरेश सहित एक जना भारतियलाई पक्राउ गरेको छ ।  बीरगंज १६ स्थित नेपाल भारत सिमामा रहेको शंकराचार्य गेटबाट सशस्त्र पं्रहरी बल राजश्व तथा भन्सार सुरक्षा १४ नम्बर गुल्मले उक्त लागु औषध चरेश सहित नियन्त्रणमा लिएको हो । 

7/10/2019

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।