कृष्णा यादव बीरगंज १६ असार बीरगंजको घण्टाघर लिंकरोडमा रहेको पसलवालाहरुले आआफनो पसलको अगाडी रुख रोप्न शुरु गरेकाछन । घण्टाघर देखी पुर्व पट्टी रहेको लिंकरोडको सडको छेउमा रहेको पसलको अगाडी आफनो पैसाले बृक्षा रोप्न शुरु गरेका हुन ।
संजिव छतकुली बीरगंज ३ असार सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले प्रतिबन्धीत लागु औषध सहित एक जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म बीरगंजले लेहगा भित्र लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ६ सय गोटा लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
वीरगन्ज ३ असार नेपाल सोनार समाज पर्साले वीरगन्जको आर्दशनगर स्थित जनजाती कल्याण आश्रम नेपालको संरक्षणमा रहेको आमाको मायाको छात्रावासमा एक कार्यक्रमको विच लत्ताकपडा वितरण गरेको छ । समाजप्रति उत्तरदायित्वको भुमिका निर्वाह गर्ने क्रममा छात्रावासमा बस्दै आएका २२ जना छात्राहरुलाई एक÷एक सेट कपडा वितरण गरेको हो । समाजले छात्रावास परिसरमा आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले छात्राहरुलाई कपडा वितरण गरेर उदघाटन गरेका थिए ।
कृष्णा यादव बीरगंज २ असार नेपाली काग्रेसका केन्द्रिय सदस्य एवंम पुर्व मन्त्री अजय कुमार चौरसियाले पर्साको बहुदरामाई नगरपालिकामा सडक र नालाको शिलान्यास गर्नु भएको छ । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर ३ नगरदाहा टोलमा रहेको सडक तथा नालाको एक कार्यक्रम बिच नेता चौरसियाले आज एक समारोह बिच शिलान्यास गर्नु भएको हो ।
कृष्णा यादव बीरगंज १ असार सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले चोरी पैठारी गरी नेपाल भित्रयाउदै गरेको ५ लाख रुपैया भन्दा बढीको अवैध लत्ता कपडा लगायतका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म बीरगंजले अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको ५ लाख १ हजार ५ सय रुपैया बराबरको सामान नियन्त्रणमा लिएको हो ।
बीरगंज ३१ जेष्ठ मकवानपुर प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमानगरपालिका १५ रातोमाटेबाट ५४ केजी गाजा बोकेको ट्रक सहित दुई जनालाई पक्राउ गरेको हो । मकवानपुरको मनहरीबाट गाजा लोड गरेर बीरगंज तर्फ जादै गरेको अवस्थामा ना ३ ख नम्बरको ट्रकबाट बिशेष सुचनाको आधारमा उक्त लागु औषध सहित दुई जना र गाजा लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।
कृष्णा यादव वीरगंज ३१ जेष्ठ खुल्ला सिमानाका कारण छिमेकी मुलुक भारतबाट बीरगंज नाका हुदै नेपालमा ठूलो मात्रामा लागु औषधहरु भित्रिने गरेको छ । नेपालकै प्रमुख प्रवेश द्धारको रुपमा रहेको बीरगंज नाकाबाट प्रतिबन्धीत लागु औषधहरु भित्रिने गरेको एक तथ्याङले देखाएको छ ।
कृष्णा यादव बीरगंज २९ जेष्ठ नेपाली काग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य अजय चौरसिया द्वारा बीरगंज माहानगरपालिका १७ स्थित अलौमा रहेको श्रि गढीमाई मेलाको आज उदघाटन गर्नु भएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री अजय कुमार चौरसियाले पुजा पाठ गरि बिधिपुर्वक मेलामा रिवन काटेर उदघाटन गर्नु भएको हो ।
कृष्णा यादव बीरगंज २७ जेष्ठ नेपाली काग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य अजय कुमार चौरसियाले अहिले लोक्तन्त्र खतरामा परेको बताउनु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा १० लाख रुपैयाको लागतमा निर्माण हुने गइरहेको पवरिया धर्मशाला को आज एक कार्यक्रमको बिच शिलन्यास गर्नु गर्दै कम्युनिष्टहरुको कारण लोकतन्त्र खतरामा परेको बताउनु भएको हो ।
कृष्णा यादव बीरगंज २६ जेष्ठ पर्सामा साझ चटयाङ लागेर एक युवाको मृत्यु भएको छ । पर्साको दुर्गम गाउ ठोरी गाउपालिकामा आईतवार साझ चटयाङ लागेर एक युवाको मृत्यु भएको हो । पर्सामा साझ आएको भिषण बर्षा संगै आएको हावाहुरीमा करिव एक दर्जन भन्दा बढी घाईते भएकाछन भने चटयाङ लागेर एक युवाको मृत्यु भएको छ ।
जेष्ठ २६ बीरगंज हिन्दू परिषद नेपालले जेष्ठको अन्तिम साता जनजागरण सभा गर्ने बताएको छ । हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा जेष्ठ ३२ गते बीरगंजमा जनजागरण सभा गर्ने बताएको हो । जिल्ला कार्य समिति पर्साले कार्यक्रम सफल बनाउनको लागी आज लिकरोड़ स्थित रानीपोखरी होटल मा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको अगुवाईमा बसेको बैठकले जिल्ला कमिटि,नगर कमिटि,क्षेत्रीय कमिटि,बड़ा कमिटि र वर्गीय मंच कमिटिलाई नगर देखी गाउ सम्म परिचालन गर्ने जनाएको छ ।
संजिव छतकुली बीरगंज २६ जेष्ठ सशस्त्र प्रहरीले १ किलो चा“दी सहित एकजनालाई पक्राउ गरेको छ । छिमेकी मुलुक भारतको रक्शौलबाट साईकलमा बीरगंज तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भन्सारको मुलगेटबाट १ किलो चा“दी सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
कृष्णा यादव बीरगंज २३ जेष्ठ सशस्त्र प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छलेर ल्याउदै गरेको २ लाख भन्दा बढीको सामान सहित एउटा भारतिय नम्बरको मोटर साईकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल राज्शव तथा भन्सार गस्ती सुरक्षा बीरगंज पर्साले भन्सार छलेर ल्याउदै गरेको २ लाख ३१ हजार ५० रुपैया बराबरको अबैध सामान पक्राउ गरेको हो । भन्सार राजश्व गस्ती टोलीले बीरगंजको भकुवा, रजत जयन्ती चौक, बिरगंज माहानगरपालिका वडा नम्बर १३ तिलावे र बीरगंज पोखरिया सडक खण्डको आईसिपी को अगाडीबाट बीरगंजबाट पोखरिया जादै गरेको बसमा लुकाई लादै गरेको ३ सय ७५ बोरा मरिच बरामद गरेको छ ।
बुटवल, २३ जेठ इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रहरी निरीक्षक केशबबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको फण्डामा परेकाछन् । आज सांझ एकजना ट्रेक्टर धनीसंग घुस लिंदा लिंदै निरिक्षक बस्नेतलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी शुरेस भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घूससहित नियन्त्रणमा लिएको पुष्टि गरे ।
सन्जिव छतकुली जेष्ठ २३ गते जिल्ला प्रहरी पर्साले करिव ३ लाख रुपैया सहित २ जना हुन्डी कारोवारीलाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगज तर्फ आउदै गर्दा उनिहरुलाई बीरगंज १६ स्थित रजत जयन्ती चौकबाट पक्राउ गरेको हो । उक्त अबैध रकम सहित पक्राउ पर्नेमा जिल्ला बारा जितपुरसिमरा उपमाहानगरपालिका ७ बस्ने रोशन साह र भारत बिहार मोतिहारी जिल्ला सुगौली वडा नम्बर १० बस्ने सौरभ कुमार रहेको पर्सा प्रहरीले जनाएको छ । बीरगंजको रजत जयन्ती चौकमा चेकजाचमा खतिएका प्रहरीले चेकजाचको क्रममा पक्राउ परेकाहरुको शरिर खान तलासी गर्ने क्रममा उनिहरुको साथबाट २ लाख ९९ हजार ५ सय रुपैया बराबद गरेको थियो । पक्राउ परेका द्धयलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसंधान बिभाग मध्येमान्चल क्षेत्रिय कार्यालय पथलैया पठाउने प्रहरीले जनाएको छ ।
कृष्णा यादव बीरगंज २३ जेष्ठ बारा प्रहरीले चितुवाको छाला र ४ थान दात सहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जितपुर बाराको संयुक्त प्रहरी टोलीले चेकजाचको क्रममा उक्त रौं भएको छाला र ४ थान दात सहित एक जनालाई नियन्त्रणमा लिएको हो । बुधबार साझ अन्दाजी करिव साढे चार बजे बिशेष चेकजाचको क्रममा जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा जिल्ला प्रहरी कार्यालय बारा र इप्रका जितपुर बाराको संयुक्त प्रहरी टोलीले एक युवक शंकास्पद तरिकाले हिडी रहेको अवस्थामा शरिर खानतलासी र साथमा रहेको झोला जाच गर्ने क्रममा छाला र ४ थान दात बरामद गरेको थियो ।
सन्जिव छतकुली बीरगंज १९ जेष्ठ सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले करिव एक मुल्य बराबरको अबैध मोवाईल सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । भारतको रक्शौलबाट बीरगंज तर्फ आउने क्रममा नियमित सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले चेकजाच गर्दा शरिरमा लुकाई छिपाई भन्सार छलेर ल्याउने क्रममा ११ थान मोवाईल सहित एक महिलालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षाको टोलीले भन्सारको मुल बाटोमा चेकजाचको क्रममा भारतको रक्शौल निवासी बर्ष ५० की भागमती देवी कुशवाहालाई उक्त मोवाईल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताएकाछन ।
कृष्णा यादव बीरगंज १५ जेठ । बीरगंजमा एक बालकको अपहरण गरी हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक भारतिय सहित तिन जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं, १३ जेठ । आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा फेला परेको शंकास्पद बस्तु प्रहरी निष्क्रिय पारेको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्क्रीय पारेको छ ।
कृष्णा यादव बीरगंज १२ जेष्ठ बीरगंजको अलौ सुगौलीमा रहेको श्री गढिमाई मन्दीरको मेला समितीमा ३१ सदस्य चयन भएको छ ।
सन्जीव छतकुली बीरगंज १२ जेष्ठ पर्सा प्रहरी प्रमुखमा सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ ।
काठमाण्डौ १०, जेष्ठ नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
संजिव छतकुली,बीरगंज १० जेष्ठ छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न भएको लोकसभाको निर्वाचनमा भाजपाको सरकार बन्ने निश्चित भएपछी बीरगंजमा रयाली निकालेकाछन भने द्धिप प्रजवलन समेत गरेकाछन ।
बीरगंज ३० बैशाष, वीरगंज एभिन्युज टेलिभिजनको ब्युरो कार्यालयमा समाजवादी पार्टीका पाच छ जनाको समुहमा रहेका कार्यकर्ताहरुले आज तोडफोड गरेका छन ।
काठमाडौं,२९ चैत । सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।